सिरहामा मोटरसाईकलको ठक्करबाट उडे एक वृद्ध, अवस्था गम्भिर, सेनाका दुई जवान पक्राउ
मोटरसाईकल चलाउने सिरहास्थित नेपाली सेनाका दुई जवान रहेको बताईएको छ । प्रहरीका अनुसार सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ४ बस्ने धीरेन्द्र राय र अर्धखाँचीको शिवगँगा नपा ८ बस्ने तेजबहादुर धर्तीलाई नियन्त्रणमा लिएको छ ।

२०८२ फागुन २६ मंगलबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा नेपाल सेनाका जवानले चलाएको मोटरसाईकबाट ठक्कर दिँदा एक पुरुष गम्भिर घाईते भएका छन् ।
सिरहाको सदरमुकाबाट चोहर्बातर्फ जाँदै गरेको प्रदेश २-०१-००३ प २४६३ नम्बरको मोटरसाईकले सिरहाको बिष्णपुर गाउँपालिका वडा नं. १ दुर्गा मन्दिरस्थित ठक्कर दिएको प्रत्यदर्शीहरुले जनाएको छ ।
तीव्र गतिमा चलाएको मोटरसाईकल चिया खाएर पसलबाट निस्केका अन्दाजी बर्ष ५५ का गोबर्धन मण्डललाई ठक्कर दिएर उडाएको प्रत्यदर्शीहरुले जनाएका छन् ।
सिरहाबाट चोहर्बा तर्फ जाँदै गरेको मोटरसाईलले ठक्कर दिएपछि करिब ३ मिटर माथिसम्म उडाएको बताइएको छ । मण्डलको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ । उनको अवस्था नाजुक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मोटरसाईकल चलाउने सिरहास्थित नेपाली सेनाका दुई जवान रहेको बताईएको छ । प्रहरीका अनुसार सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ४ बस्ने धीरेन्द्र राय र अर्धखाँचीको शिवगँगा नपा ८ बस्ने तेजबहादुर धर्तीलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई समेत चोटपटक लागेको र उपचार भईरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…