महोत्तरीका एक ब्यक्ति आफ्नै मृत्युको प्रमाणपत्र लिएर सरकारी कार्यालय धाउँदै
बाबु प्रेम यदुवन्शी | महोत्तरी, १५ साउन । महोत्तरीको रामगोपालपुरका एक ब्यक्ति रामसेवक यादव आफ्नै मृत्युको प्रमाणपत्र बोकेर सरकारी अड्डा कार्यालय धाइरहेका छन् । सरकारी अड्डा कार्यालय बाट चाहारिरहेका छ्न उनको आग्रह छ, ‘म मरेको छैन, जिउँदैछु भन्ने प्रमाणपत्र बनाइदिनु पर्यो हजुर ।’ रामगोपालपुर नगरपालिका

२०७५ साउन १५ मंगलबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ
बाबु प्रेम यदुवन्शी |
महोत्तरी, १५ साउन । महोत्तरीको रामगोपालपुरका एक ब्यक्ति रामसेवक यादव आफ्नै मृत्युको प्रमाणपत्र बोकेर सरकारी अड्डा कार्यालय धाइरहेका छन् । सरकारी अड्डा कार्यालय बाट चाहारिरहेका छ्न उनको आग्रह छ, ‘म मरेको छैन, जिउँदैछु भन्ने प्रमाणपत्र बनाइदिनु पर्यो हजुर ।’
रामगोपालपुर नगरपालिका वडा नम्बर २ खोपीका ५८ बर्षीय रामसेवक कहिले जिल्ला प्रशासन कार्यालय आइपुग्छन् कहिले गाँउपञ्चायत गुहार्छन् । तर, अझै न्याय पाएका छैनन् । उनीसँग २६ वर्षको उमेरमा जिप्रकाबाट लिएको नागरिकता छ । मृत्युदर्ताको फोटोकपि पनि छ ।

तत्कालिन खोपी गाँउ बिकास समितिले ०६८ सालमै उनको मृत्यु दर्ता गरेको रहेछ, जसमा रामसेवकको २०६७ कात्तिक १४ गते ४८ वर्षको उमेरमा मृत्यु भएको उल्लेख छ ।
रामसेवक यादव उमेर छँदै कामका लागि करिब २६ बर्ष भारत पसेका थिए । लामो समयसम्म परिवारको सम्पर्कमा नभएकाले उतै मृत्यु भएको शंका गरे । त्यसअनुसार आफन्तले निवेदन दिएपछि तत्कालिन खोपी गाँउ विकास समितिको कार्यालयले रामसेवकको मृत्यु दर्ता गरेको थियो ।
तर, रामसेवक एक बर्ष अघि अचानक घर फर्किए । उनी आउँदा न घर थियो, न श्रीमती नै । आफू वर्षौं भारतको पञ्जाबमै रमाएपछि श्रीमतीले छाड्नुलाई उनले अन्यथा मानेनन् ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…