सर्लाहीमा निर्माणधीन हनुमान मन्दिरमा भेटेको पेस्तोल पडकिएर एक बालक घाईते 

२०८२ फाल्गुण ७ बिहीबार
बेलुकी ६:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्।

मलंगवा नगरपालिका–४ स्थित ढाँका बोर्डर टोलका १५ वर्षीय आकाश राम घाइते भएको प्रहरीले जनाएको छ।

घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले उक्त वस्तु खोलेर हेरेका थिए। नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।

गोली उनको दाहिने हातको पन्जामा लागेको छ। घाइते आकाशलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको जनाएको छ। पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

११ औँ तहको दरबन्दीमा सातौँ तहका कर्मचारी, मधेश स्वास्थ्यका संवेदनशील निकाय महिनौँदेखि निमित्तको भरमा

  • २०८२ फाल्गुण ७ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महत्वपूर्ण निकायहरू दरबन्दीअनुसारका प्रमुखविहीन बनेका छन् । ११ औँ तहका कर्मचारी प्रमुख रहने व्यवस्था भएका प्रदेश जनस्वास्थ्य प्रयोगशाला र

पूरा पढ्नुहोस्

Bureau Menus