सर्लाहीमा निर्माणधीन हनुमान मन्दिरमा भेटेको पेस्तोल पडकिएर एक बालक घाईते
घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले उक्त वस्तु खोलेर हेरेका थिए। नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।

२०८२ फागुन ७ बिहीबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्।
मलंगवा नगरपालिका–४ स्थित ढाँका बोर्डर टोलका १५ वर्षीय आकाश राम घाइते भएको प्रहरीले जनाएको छ।
घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले उक्त वस्तु खोलेर हेरेका थिए। नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।
गोली उनको दाहिने हातको पन्जामा लागेको छ। घाइते आकाशलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको जनाएको छ। पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…