न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटनामा परी दुई युवकको मृत्यू भएको छ । धनुषाधाम नगरपालिका वडा नं. ३ धनुष मन्दिरको पूर्वमा रहेको पुलबाट खसेर मृत्यू भएको हो ।
घटना गत मँगलबार साँझकै रहेको प्रहरीले जनाएको छ । मँगलबार साँझ करिब ८ः०० बजेको समयमा प्रदेश २ ००७ प ६९४६ नम्बरको मोटरसाईक दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मृत्यू भएको हो ।
मृत्यू हुनेमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर बस्ने स्थानीय श्रवनारायण ठाकुरका अन्दाजी २५ बर्षिय छोरा रामभरोस ठाकुर र सोही स्थान बस्ने स्थानीय राम सुगारथ साहका छोरा २८ बर्षिय दिनेश साहको घटनास्थलमै मृत्यू भएको हो ।
धनुषाको मखनाहादेखि धनुषाधामतर्फ आउँदै गरेको सो मोसा बालगँगा पुलबाट तल झरेको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । उनीहरु मदिरा सेवनको कारण सवारी अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।
यता, परिवारजनलाई भने कसैले विपरित दिशाबाट ठक्कर दिएको हुन सक्ने आशंका भएकोले सोही अनुसार छानबिन गरिदिन आग्रह गरेका छन् ।
करिब दुई बर्षअघि मात्र बिहे गरेको रामभरोस मात्र १५ दिन अगाडी विदेशबाट आएका थिए । घुम्नको लागि बाहिर निस्केका दुवै जनाको मोटरसाईकल दुर्घटनामा परी मृत्यू भएपछि सिँगो टोल शोकमग्न भएको छ । रामभरोस र दिनेशको श्रीमति विधवा भएकी छन् ।
मृतक रामभरोसका दाई पर्ने रामदिनेश शर्माले प्रहरीलाई नयाँ शिराबाट अनुसन्धानको गरिदिन आग्रह गरेका छन् । उनले कसैले ठक्कर दिएको हुन सक्ने भन्दै विभिन्न स्थानको सिसिटिभी मार्फत अनुसन्धान गर्न आग्रह गरेका हुन् ।
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८२ फाल्गुण ७ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्

