न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनीग गाउँपालिका वडा नं. ६ कठाल मुसहरी टोलका दुई दर्जन बढी व्यक्तिगतहरु रामचन्द्रको पार्टीमा प्रवेश गरेका छन् ।
सोमबार पार्टी प्रवेशको कार्यक्रममा कठाल मुसहरी टोलका विभिन्न पार्टीमा आवद्ध मतदाता एवम् कार्यकर्ताहरु नेपाली कम्यूनिष्ट पार्टी (तारा छाप) मा प्रवेश गरेको हो ।
धनुषा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रामचन्द्र झाको अगुवाईमा भएको पार्टी प्रवेश कार्यक्रममा सो टोलका मतदाता, कार्यकर्ताहरु नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा सोम कुमार सदा, फगु सदा, शिवा सदा, दिपो सदा, रामचनर सदा, दिलिप सदा, विक्रम सदा, उचित कुमार सदा, श्रीचन सदा, नरेश सदा, रौदिया सदा, विपतिया सदा, गरिब सदा, जोगिन्द्र सदा, देवन यादव, चन्देश्वर महरा, चन्देश्वर सदा, विसुन सदा, शिव कुमार सदा, सुन्दर सदा, राजा सदा, गँगा सदा, सिकिल सदा लगायत महिलाहरु समेत पार्टी प्रवेश गरेको जनाइएको छ ।
पार्टी प्रवेश कार्यक्रममा पूर्व कमाण्डर एवम् धनुषा २ बाट समानुपाति उम्मेदवार श्रवण बरबरिया (यादव), शहिदनगरका पूर्व मेयर एवम् युवा नेता उदय कुमार बरबरिया (यादव, राजकिशोर यादव लगायतका नेताहरुले सम्बोधन समेत गरेका थिए ।
झिटकहिया युवा संगठनले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार ३५ हजार
- २०८२ फाल्गुण ५ मंगलबार
न्युज ब्यूरो, जनकपुरधाम । झिटकहिया युवा संगठनले खेलकुदमार्फत युवाबीच एकता, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘खेलले जोड्छ, युवाले भविष्य
पूरा पढ्नुहोस्


