लहान प्रहरीले गरे ८ सय लिटर अबैद्य घरेलु मदिरा नष्ट
न्यूज ब्यूरो | सिरहा, १४ साउन । सिरहाको लहान नगरपालिका १९ मा प्रहरीले ८ सय लिटर अबैद्य मदिरा बरामद गरि नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय लहानले अबैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनाको आधारमा लहान नगरपालिका १९ नौडेगा र कटहामा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक

२०७५ साउन १४ सोमबार, बिहान ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १४ साउन । सिरहाको लहान नगरपालिका १९ मा प्रहरीले ८ सय लिटर अबैद्य मदिरा बरामद गरि नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय लहानले अबैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनाको आधारमा लहान नगरपालिका १९ नौडेगा र कटहामा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक नितेश कुमार सिंहको कमान्डमा गएको प्रहरी टोलीले गया साह ,शितल साह ,ज्ञानेश्वर साह र सन्तोष साहको घरमा खान तलासी गर्दा ८ सय लिटर अवैध मदिरा बरामद भएको प्रहरी निरिक्षक नितेश कुमार सिंहले बताए ।

प्रहरी निरिक्षक सिंहका अनुसार लहानमा अबैध मदिराका कारण दिनहु समाजमा झै झगडा, घरेलु हिंसा, महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको हुनाले विशेष अपरेशन शुरु गरिएको छ । मानिसको स्वास्थ्य स्थितिमा प्रत्यक्ष असर पुर्याइरहेको हुदा यसलाई अभियानको रुपमा संचालन गरिएको हो ।

लहान नगरपालिकाको वडा न.१९ मा आधुनिक तरिकाबाट अबैध मदिरा उत्पादन गरिरहेको समाग्री र तयारी अबस्थामा राखिएको ८ सय लिटर मदिरा बरामद गरि नष्ट गरिएको छ । अप्रेशन टोलिले मदिरा उत्पादन गर्ने चुलो भठी, ड्रम लगायतको सामग्री समेत नष्ट गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…