न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा धनुषा जिल्लामा जनकपुरधाम उपमहानगरपालिका पहिलो स्थानमा परेको छ। आयोगका अनुसार जनकपुरधामले ५१.५८ अंक प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये अग्रस्थान हासिल गरेको हो।
गाउँपालिकातर्फ लक्ष्मीनियाँ गाउँपालिका ४९.२ अंकसहित दोस्रो स्थानमा रहँदा बटेश्वर गाउँपालिकाले ४७.८८ अंक प्राप्त गरेको छ। नगरपालिकामध्ये गणेशमान चारनाथ नगरपालिका ४७.९० अंकसहित उत्कृष्ट देखिएको छ।
त्यसैगरी विदेह नगरपालिका ४६.२७, शहीदनगर ४२.२५, क्षिरेश्वरनाथ ३९.८५, धनुषाधाम ३९.२२, कमला नगरपालिका ३८.७४, मिथिला बिहारी ३८.१५, मिथिला नगरपालिका ३७.४५, हंसपुर ३५.७६, नगराइन ३५ तथा सबैला नगरपालिका ३४ अंकसहित क्रमशः रहेका छन्।
गाउँपालिकातर्फ जनकनन्दिनी गाउँपालिकाले ४५.९३, मुखियापट्टी मुसहरनिया ४५ तथा औरही गाउँपालिकाले ४०.३४ अंक प्राप्त गरेका छन्। धनौजी गाउँपालिका भने ३२.८१ अंकसहित जिल्लाकै कमजोर कार्यसम्पादन गर्ने स्थानीय तह बनेको छ।
आयोगले वित्तीय व्यवस्थापन, सेवा प्रवाह, योजना कार्यान्वयनलगायत विभिन्न सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको जनाएको छ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८२ फाल्गुण ४ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्

