ट्याक्टरको रोटाभेटरले काटिँदा एकै पटक दुई बालिकाको मृत्यु
दुर्घटनामा मटिहानी नगरपालिका–४ मझौराका इमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका–११ मरडाकी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

२०८२ माघ २९ बिहीबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिँदा महोत्तरीमा दुई बालिकाको मृत्यु भएको छ। घटना मटिहानी नगरपालिका–४ मझौरामा बिहीबार भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार मटिहानी–४ मझौराका गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको क्रममा दुई बालिका ट्याक्टरमा बसेका थिए। सोही क्रममा उनीहरू अचानक लड्दा पछाडि जोडिएको रोटाभेटरले टाउकोमा गम्भीर चोट पुर्याएको थियो।
दुर्घटनामा मटिहानी नगरपालिका–४ मझौराका इमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका–११ मरडाकी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्टर चालक फरार छन्। ट्याक्टर भने घटनास्थलमै फेला परेको छ। दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…