लहानमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १५७ जनाले सेवा लिए
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको शिविरमा विभिन्न रोगको निःशुल्क जाँच तथा परामर्श सेवा प्रदान गरिएको थियो । स्थानीयवासीले यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।

२०८२ माघ २५ आइतबार, राति ८:१० बजे१ मिनेट पढाइ

सिरहा । लहान नगरपालिका–१५ अन्तर्गत श्री सगरमाथा माध्यमिक विद्यालय, देवनाबिरनगरमा लहान मनकामना अस्पताल तथा प्रसूति गृह प्रा।लि।को आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
शनिबार सम्पन्न उक्त शिविरबाट जम्मा १५७ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरबाट लाभ उठाउनेमध्ये ४७ जना बालबालिका, ६२ जना महिला तथा ४८ जना पुरुष रहेका छन् ।
अस्पतालका प्रशासन प्रमुख रोशन कुशवाहाका अनुसार स्थानीयवासीको उल्लेख्य सहभागितासहित शिविर सम्पन्न भएको हो । शिविरमा विशेषगरी महिलासम्बन्धी स्वास्थ्य समस्याका बिरामी बढी देखिएको जानकारी दिँदै अस्पतालका संचालक बृदेब महतोले महिलाको स्वास्थ्यप्रति अझै सचेतना आवश्यक रहेको बताए ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको शिविरमा विभिन्न रोगको निःशुल्क जाँच तथा परामर्श सेवा प्रदान गरिएको थियो । स्थानीयवासीले यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।
शिविर उमरफारुक वेलफेयर सोसाइटी, सिरहाको सहकार्यमा सञ्चालन गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…