बिना अनुमति सार्वजनिक रुख कटान, स्थानीय आक्रोशित
यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्राले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनले अनुसन्धानका क्रममा दोषी देखिने व्यक्तिहरूमाथि वन ऐन तथा कानुन अनुसार कारबाही गरिने बताए।यश विषयमा बुझ्न पटक(पटक गाउँपालिकाका अध्यक्षलाई सम्पर्क गर्दा वहाँको फोन उठेन ।

२०८२ माघ १४ बुधबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । चोहर्वा–सिरहा सडकखण्ड अन्तर्गत विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजार क्षेत्रमा सडकको दुवैतर्फ लगाइएका रुखहरू विना अनुमति काटिएको घटनाप्रति स्थानीयवासी आक्रोशित भएका छन्।
बजार क्षेत्रमा रहेका आँप र जामुनका रुखहरू राजनीतिक पहुँचको आडमा काटिएको स्थानीयको आरोप छ। स्थानीय अरुण यादवका अनुसार एमालेबाट निर्वाचित विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवको अगुवाइमा राजकुमार यादव, नागे यादव र बिन्देश्वर यादव ९फतुरिया० भनिने व्यक्तिहरूले रुखहरू जरैदेखि काटी बजारमै रहेको स–मिलमा बिक्री तथा प्रयोगका लागि राखिएको छ।
स्थानीय ब्रह्मदेव यादवले भने, एउटा सामान्य व्यक्ति जंगलबाट सुकेको दाउरा ल्याउँदा वन कार्यालयले गरिब तथा अति विपन्न परिवारलाई समेत कारबाही गर्छ, तर गाउँपालिकाका अध्यक्षकै अगुवाइमा गैरकानुनी काम हुँदा पनि वन कार्यालय मौन बसेको छ।यस्तै, स्थानीय बिशेश्वर ठाकुरले विना अनुमति सार्वजनिक रुख काटिएको पाँच दिन बितिसक्दा पनि पटक–पटक जानकारी गराउँदा वन कार्यालयले कुनै सुनुवाइ नगरेको गुनासो गरे। अहिले वन कार्यालय जाँदा अनुसन्धान हुँदैछ भन्ने जवाफ पाइन्छ, यसमा सबैको मिलेमतो रहेको आशंका छ। सो रुख करिव ३ लाख बरावरको हुन साने अनुमान गरिएको छ ।
यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्राले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनले अनुसन्धानका क्रममा दोषी देखिने व्यक्तिहरूमाथि वन ऐन तथा कानुन अनुसार कारबाही गरिने बताए।यश विषयमा बुझ्न पटक(पटक गाउँपालिकाका अध्यक्षलाई सम्पर्क गर्दा वहाँको फोन उठेन ।
सिरहामा वन क्षेत्रको जग्गामा अवैध उतखन्न,वन फडानि,काठ तस्करी हुदा पनि सम्बन्धित निकायहरु मौन बसेको स्थानियहरुको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…