न्यूज ब्यूरो, जलेश्वर । प्रादेशिक अस्पताल जलेश्वरको मेडिकल सुपरिटेन्डेन्टमा डा. रवि श्रीवास्तव नियुक्त भएका छन् । आईतबार उनलाई प्रादेशिक अस्पताल जलेश्वरको जिम्मेवारी दिइएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहँदै आएका डा. श्रीवास्तवलाई जलेश्वर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनाएर पठाइएको हो । डा. श्रीवास्तवले आईतबार नै पदभार ग्रहण गरेका छन् ।
कन्सल्टेन्ट अर्थोपेडिक सर्जन रहेका डा. श्रीवास्तवलाई स्वास्थ्य क्षेत्रको अनुभवले उनलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी तोकिएको हो ।
नवौँ तहका कर्मचारी रहेका डा. श्रीवास्तवले पदभार ग्रहण गर्दै जलेश्वर प्रादेशिक अस्पतालको बेतिथिलाई उत्तम स्थितिमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले आफ्नो कार्यकालमै प्रादेशिक अस्पतालको मुहार फेरिने बताए ।
दैनिक सयौँको सँख्यामा विरामी आउने प्रादेशिक अस्पताल जलेश्वरको व्यवस्थापन प्रमुख प्राथमिकता रहेको उनले बताए । जनकपुरपछि जलेश्वर प्रादेशिक अस्पतालमा मेसु नियुक्त भएको हो ।
'पब्लिक डिबेट' मा ओलीसँग बहस गर्न बालेनले गरे अस्विकार, ओलीको पोष्टमा बालेनको कमेन्ट
- २०८२ माघ १२ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । आगामी निर्वाचन नजिकिँदै जाँदा देशको राजनीति थप सक्रिय बन्दै गएको छ। यही सन्दर्भमा प्रमुख दलका शीर्ष नेताबीच सार्वजनिक बहस (पब्लिक डिबेट) हुनुपर्ने बहसले राजनीतिक वृत्तमा नयाँ
पूरा पढ्नुहोस्भाईरल समाचार




.jpeg)




