प्रादेशिक अस्पताल जलेश्वरको मेसुमा डा. श्रीवास्तव नियुक्त
नवौँ तहका कर्मचारी रहेका डा. श्रीवास्तवले पदभार ग्रहण गर्दै जलेश्वर प्रादेशिक अस्पतालको बेतिथिलाई उत्तम स्थितिमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले आफ्नो कार्यकालमै प्रादेशिक अस्पतालको मुहार फेरिने बताए ।

२०८२ माघ ११ आइतबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । प्रादेशिक अस्पताल जलेश्वरको मेडिकल सुपरिटेन्डेन्टमा डा. रवि श्रीवास्तव नियुक्त भएका छन् । आईतबार उनलाई प्रादेशिक अस्पताल जलेश्वरको जिम्मेवारी दिइएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहँदै आएका डा. श्रीवास्तवलाई जलेश्वर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनाएर पठाइएको हो । डा. श्रीवास्तवले आईतबार नै पदभार ग्रहण गरेका छन् ।
कन्सल्टेन्ट अर्थोपेडिक सर्जन रहेका डा. श्रीवास्तवलाई स्वास्थ्य क्षेत्रको अनुभवले उनलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी तोकिएको हो ।
नवौँ तहका कर्मचारी रहेका डा. श्रीवास्तवले पदभार ग्रहण गर्दै जलेश्वर प्रादेशिक अस्पतालको बेतिथिलाई उत्तम स्थितिमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले आफ्नो कार्यकालमै प्रादेशिक अस्पतालको मुहार फेरिने बताए ।
दैनिक सयौँको सँख्यामा विरामी आउने प्रादेशिक अस्पताल जलेश्वरको व्यवस्थापन प्रमुख प्राथमिकता रहेको उनले बताए । जनकपुरपछि जलेश्वर प्रादेशिक अस्पतालमा मेसु नियुक्त भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…