
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
युवा सशक्तीकरण, सामाजिक सद्भाव, स्वच्छता अभियान, वातावरण संरक्षण तथा महिला–बालबालिकाको अधिकारका सवालमा पनि उनी निरन्तर क्रियाशील छन्। उनको कामको मूल आधार राजनीति होइन, सेवा हो, तर सेवा नै समाज परिवर्तनको सबल माध्यम हो भन्ने विश्वासका साथ उनी अघि बढिरहेका छन्।

२०८२ माघ ११ आइतबार, बिहान ९:०८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय, विपन्न तथा घरविहीन नागरिकलाई निःशुल्क कपडा सहयोग पुर्याइसकेका छन्। चिसो, गर्मी वा वर्षाजुनसुकै मौसममा पनि कपडाको अभावले कसैले दुःख नपाओस् भन्ने उनको मानवीय सोचले हजारौँ परिवारको जीवनमा राहत दिएको छ।
क्लोथ बैंक मात्र होइन, राजीव झा निरन्तर सामाजिक उत्तरदायित्वमा सक्रिय व्यक्तित्व हुन्। बाढी, आगलागी, शीतलहर जस्ता विपद्को समयमा उनी स्वयं प्रभावित बस्तीमा पुगेर राहत सामग्री वितरण गर्दै आएका छन्। राजीव झा जनकपुर क्षेत्रमै पहिलो कपडा बैँक स्थापना गरेर लत्ता–कपडा, औषधि तथा आवश्यक सामग्रीको व्यवस्थापनमा उनी सधैं अग्रमोर्चामा देखिदै आएका व्यक्तित्व हुन् ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनीधिसभा सदस्यको लागि उम्मेदवारी दिएका राजीव झाको लगानी घरविहिन समाजमा अधिक छ । कपडाको अभावमा ज्यान त्याग्ने त्यस्ता परिवारलाई राजीव झाले न्यानो बनेर उभिएका व्यक्तिको रुपमा चिनिन्छन् ।
झाले शैक्षिक सहयोग, विद्यालय सामग्री वितरण, शुल्क सहयोग तथा प्रोत्साहन कार्यक्रमहरू पनि उनको प्राथमिकतामा छन्। स्वास्थ्य क्षेत्रमा राजीव झाले अझै निःशुल्क रुपमा अक्सिजन सिलिण्डरको व्यवस्था गर्दै आएका व्यक्तिको रुपमा चिनिन्छन् । जनकपुरधाम क्षेत्र मात्र नभई जिल्लाको कुनै ठाउँका विरामीलाई निःशुल्क रुपमा अति आवश्यक परेको बेला अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएका छन् ।
युवा सशक्तीकरण, सामाजिक सद्भाव, स्वच्छता अभियान, वातावरण संरक्षण तथा महिला–बालबालिकाको अधिकारका सवालमा पनि उनी निरन्तर क्रियाशील छन्। उनको कामको मूल आधार राजनीति होइन, सेवा हो, तर सेवा नै समाज परिवर्तनको सबल माध्यम हो भन्ने विश्वासका साथ उनी अघि बढिरहेका छन्।
आज जब जनकपुरधामले सेवाभाव, इमान्दारिता र जनउत्तरदायित्व बोक्ने नेतृत्व खोजिरहेको छ, राजीव झा त्यही भरोसायोग्य विकल्पका रूपमा देखिएका उनलाई चिन्ने जनकपुरका व्यवसायीहरु बताउँछन् । जनताको दुःख नजिकबाट बुझेका, जनताकै बीच बसेर सेवा गरेका व्यक्तित्व भएकाले उनीमाथि जनविश्वास बढेको उनका गाउँका जेष्ठ नागरिकहरु बताउँछन् ।
“सेवाबाट सुरु भएको यात्रा अब जनसेवामै निरन्तरता पाओस् भन्ने चाहना धेरै नागरिकको छ। समाजका हरेक वर्गका लागि काम गर्ने संकल्प बोकेको छु । जनकपुरधामको उज्यालो भविष्यका लागि आशाको नाम बन्ने चाहना छ ।”– उम्मेदवार राजीव झाले भने
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
सह-सम्पादक
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
२०८३ कार्तिक १५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कामप्रति उत्साह बढ्नेछ र मनमा आशा पलाउनेछ। रोजगारीको खोजीमा नयाँ जानकारी मिल्नेछ। पढाइमा ध्यान दिँदा राम्रो प्रगति हुनेछ। खानपान र आराममा ध्यान दिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…