डा. गोविन्द केसीको २७ दिने अनसन तोडियो, १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने
न्यूज ब्यूरो | काठमाडौं, ११ साउन । सरकारसँग सहमतिपछि डा. गोविन्द केसीको २७ दिनदेखिको अनशन तोडिएको छ । बिहीबारको करिब ९ घण्टाको वार्ता सहमतिमा पुगेपछि डा. केसीलाई नेकपा नेता सुवास नेम्वाङ र प्रा.केदारभक्त माथेमाले स‌ंयुक्त रुपमा जुस खुवाएर अनशन तोडाएका हुन् । जुस खुवाउँदै नेम्वाङले अब यस्तो अनसन

२०७५ साउन ११ शुक्रबार, बिहान ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
काठमाडौं, ११ साउन । सरकारसँग सहमतिपछि डा. गोविन्द केसीको २७ दिनदेखिको अनशन तोडिएको छ ।
बिहीबारको करिब ९ घण्टाको वार्ता सहमतिमा पुगेपछि डा. केसीलाई नेकपा नेता सुवास नेम्वाङ र प्रा.केदारभक्त माथेमाले संयुक्त रुपमा जुस खुवाएर अनशन तोडाएका हुन् ।
जुस खुवाउँदै नेम्वाङले अब यस्तो अनसन कसैले बस्न नपरोस भने । १० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने भन्ने विषयमा सहमति भएपछि सरकार र डा केसी पक्षबीच ९ बुँदे सहमति भएको हो। सरकारले डा केसीको मागअनुसार नयाँ मेडिकल कलेज नखोल्न तयार भएपछि सहमति हो।
सहमतिसँगै सरकारले चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव संसदमा लैजाने छ। आफ्नो मुख्य माग पूरा भएपछि डा केसीले अनशन तोडेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिअनुसार काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने र खोलिसकेको अर्थात् पूर्वाधार पुरा गरेको हकमा सम्बन्धित धनीले बेच्न चाँहेमा सरकारले किन्ने छ। त्यस्तै, बाहिर जिल्लामा जान चाह्यो भने सहुलियत दिनेछ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…