न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीले धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेता मातृका प्रसाद यादवको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टीले जनयुद्धदेखि मधेसी आन्दोलनसम्म निरन्तर संघर्ष गर्दै आएका अनुभवी, जनमुखी र सिद्धान्तनिष्ठ नेताका रूपमा यादवलाई अघि सारेको जनाएको छ।
उम्मेदवारी सिफारिससँगै निर्वाचन अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीले पोलिटब्युरो सदस्य सुधिर प्रसाद साहको संयोजकत्वमा १९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। उक्त समितिमा पार्टीका अनुभवी नेता, संगठनकर्ता तथा स्थानीय तहमा सक्रिय कार्यकर्ताहरू समावेश गरिएको पार्टी स्रोतले जनाएको छ। समितिलाई वडा वडामा संगठन सुदृढीकरण, घरदैलो अभियान, जनसभा, भेला तथा प्रचार प्रसारको सम्पूर्ण जिम्मेवारी दिइएको छ।
मातृका प्रसाद यादव २०५२ सालदेखि सुरु भएको जनयुद्धका सक्रिय सहभागी हुन्। जनयुद्धकालमा मधेस क्षेत्रमा संगठन विस्तार, राजनीतिक चेतना अभिवृद्धि र उत्पीडित वर्गलाई संगठित गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए। जनयुद्धपछि गणतन्त्र स्थापना भए पनि मधेसी समुदायका मागहरू पूर्ण रूपमा सम्बोधन नभएको भन्दै यादवले निरन्तर आवाज उठाउँदै आएका छन्।
काठमाडौँका भित्ताभित्तामा लेखिएको “गर्व से कहु हम मधेसी छी बिदेश भगौडा नै धर्ती पुत्र छि” नारा मधेसी समुदायको दबिएको पहिचान, आत्मसम्मान र अधिकारको प्रतीकका रूपमा स्थापित भएको थियो। उक्त अभियानमार्फत उनले मधेसी हुनु कमजोरी होइन गर्वको विषय हो भन्ने सन्देश राष्ट्रिय राजनीतिमा बलियो रूपमा स्थापित गराए।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व प्रतिनिधि सभा सदस्यसमेत रहेका यादव संसद् र सडक दुवै माध्यमबाट मधेसी माग सम्बोधनका लागि सक्रिय रहे। नागरिकता समस्या, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, संघीयताको पूर्ण कार्यान्वयन भाषा संस्कृतिको सम्मान र सामाजिक न्याय उनका प्रमुख राजनीतिक एजेन्डा रहँदै आएका छन्।
स्पष्ट, निडर र सम्झौताविहीन अभिव्यक्तिका कारण उनी कहिलेकाहीँ विवादमा पनि परे। तर समर्थकहरूका अनुसार यही स्पष्टता र साहसले उनलाई जनताबीच लोकप्रिय बनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीले धनुषा निर्वाचन क्षेत्र नं. १ मा आफ्नो बलियो जनआधार रहेको दाबी गर्दै मातृका प्रसाद यादवको उम्मेदवारीले जनयुद्धको भावना, मधेसी आन्दोलनको ऊर्जा र समकालीन राजनीतिक आवश्यकतालाई जोड्ने विश्वास व्यक्त गरेको छ। पार्टीका नेताहरूले आगामी निर्वाचनमा जनताले परिवर्तन, समानता र न्यायको पक्षमा मत दिने अपेक्षा राखेका छन्।
पार्टीले निर्वाचन परिचालन समितिको नेतृत्वमा व्यापक जनसम्पर्क अभियान सञ्चालन गरी मातृका प्रसाद यादवलाई विजयी बनाउने लक्ष्यसहित तयारी तीव्र पारेको जनाएको छ।
धनुषा ३ः नेपाली काँग्रेस त्यागेर नेता यादव एमालेमा, जुली महतोलाई सघाउने
- २०८२ माघ ६ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र ३ को जटही निवासी एक नेपाली काँग्रेसका नेता एमालेमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच एमालेकी उम्मेदवार जुली कुमारी महतोले उनलाई एमालेमा भित्र्याएकी
पूरा पढ्नुहोस्भाईरल समाचार








