धनुषाको सबैलामा नयाँ आर्थिक बर्षको विकास निर्माण सुरु, किरथपुर थान टोलमा सडक ढलानको प्रारम्भ

२०८२ माघ ४ शनिबार
बेलुकी ७:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको सबैला नगरपालिका वडा नं. १३ स्थित किरथपुर थान टोलमा सडक ढलानको काम शुरु गरिएको छ। उक्त सडक ढलान कार्यको शनिवार आयोजित एक कार्यक्रमबीच सबैला नगरपालिकाका नगर प्रमुख कारी राम यादवले शिलान्यास गर्दै औपचारिक रूपमा शुभारम्भ गरेका छन् ।

सबैला नगरपालिकाबाट विनियोजित रु. १० लाख बजेटको लागतमा सडक ढलान हुन लागेको नगरपालिकाले जनाएको छ। लामो समयदेखि कच्ची सडकका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएकोमा ढलानपछि दैनिक जीवन सहज हुने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष, विभिन्न समाजसेवी, स्थानीय अगुवा तथा गाउँलेहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले सबै वडामा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको बताउँदै समयमै गुणस्तरीय काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयवासीहरूले सडक ढलान सुरु भएकोमा खुशी व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद दिएका छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

महोत्तरीमा वडाध्यक्ष झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता, पक्राउ गरेन प्रहरी

  • २०८२ माघ ४ शनिबार

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको बलवा नगरपालिका–६ का वडाध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ । स्थानीय ३६ वर्षीय इन्जिनियर हुसनैन अन्सारीमाथि ज्यान लिने मनसायका

पूरा पढ्नुहोस्

Bureau Menus