"मधेस आन्दोलनमा प्रहरी थमन विकको हत्या स्थानीय प्रशासनले गरेको हो" : राज्यमन्त्री शर्मा
बाबु प्रेम यदुवन्शी | महोत्तरी ११ साउन । मधेश आन्दोलन २ को समय मारिएका शसस्त्र प्रहरी असई थमन विकको हत्यामा आफु लगायतको आन्दोलनकारीको कुनै संलग्नता नभएको र मधेश आन्दोलनलाई बदनाम गर्ने षडयन्त्र भएको सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आरोप लगाएका छन । थमनको हत्या नियोजित थियो र त्यसमा तत्कालिन

२०७५ साउन ११ शुक्रबार, बिहान ८:१३ बजे३ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी ११ साउन । मधेश आन्दोलन २ को समय मारिएका शसस्त्र प्रहरी असई थमन विकको हत्यामा आफु लगायतको आन्दोलनकारीको कुनै संलग्नता नभएको र मधेश आन्दोलनलाई बदनाम गर्ने षडयन्त्र भएको सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आरोप लगाएका छन ।
थमनको हत्या नियोजित थियो र त्यसमा तत्कालिन स्थानिय प्रसासनकै हात रहेको उनले बताए । जलेश्वर जनकपुरको सिधा बाटो हुदा हुदै स्थानिय प्रसासनकै चाल बमोजिम गाउको बाटो थमनलाई उपचार गर्न लगिएकोमा एम्बुलेन्सबाट कसले थुतेर उनको हत्या गर्यो आफुलाई थाहा नभएको बताए ।
बुधवार प्रदेश २ को सामाजिक विकास राज्यमन्त्रीको सपथ लिएका शर्माले विभिन्न स्थानिय तथा राष्ट्रिय मिडियाले स्वस्फुर्तरुपमा अदालतको अभियोग नै पुष्टी नभई र आन्दोलन को समय भएको घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान नै नगरि आफुलाई मिडियाले हत्यारा बनाएको प्रति उहाले रोष व्यक्त गरे ।
“प्रहरीको हत्या आरोपी बनाईए राज्यमन्त्री” लगायतका शिर्षक दिई आफुलाई बदनाम गर्न खोज्ने मिडियाले मधेश आन्दोलनका क्रममा मारिएका निहत्था मधेशी र थारुहरुको हत्यारा खोज्न र मधेशी तथा थारुको हत्या गर्नेलाई सरकारले स्यावासी र प्रमोशन दिईरहेको वेला समेत चुप लागेर वसेको मिडिया एक पक्षिय भएको आरोप लगाए ।
उनले लाल आयोगको प्रतिवेदन समेत सरकार समक्ष पुगेपनि सरकारकै कालो चिठा खुल्ने भएकोले सरकारले अझै सो सार्वजनिक नगरेको बताए । मिडिया सत्य तथ्य वाहिर ल्याउने हुनु पर्छ न कि कुनै दल वा प्रसासनले भनेको भरमा कलम चलाउने हुनुपर्छ । मधेश आन्दोलनकै क्रममा छाती,टाउको र आँखामै गोली दाग्ने स्थानिय प्रसासनको डर अझै मिडियाले मानिरहेको र उनीहरु विरुद्ध सत्य तथ्य लेख्न नसकेको उनको आरोप छ ।
आफ्नो राजनिति समाप्त पार्न खोज्नेले आफु विगत र वर्तमानमा समेत मधेश आन्दोलन र मधेशको मांग प्रति प्रतिवद्ध रहेको र मधेशकै जनताले पुर्ण बहुमत दिई आफुलाई जिताएको जलेश्वर नगरपालिकाको दोस्रो नगरसभालाई सम्बोधन गर्दै बताए । 
अदालतबाटै अभियोग पुष्टी नभईसकेको अवस्थामा मिडियाले कसैको पक्षपोषण गर्न म विरुद्ध चालेको झुठो मुद्दाले आफ्नो कदम नडगमगाउने र आफु विगत वर्तमान र भविष्यमा यसै मधेशको लागि लडिरह्ने बताए ।
उनले थपे “ थमन विकको हत्याको समय भन्दा निक्कै पहिले आफ्नै कालगतिले मरिसकेको मानिसको समेत थमनको हत्या आरोपीको सुचिमा स्थानिय प्रसासनले कसरी नाम राख्यो ? कि त्यसको आत्माले वा भुतले आएर थमनको हत्या गर्यो ? त्यस्तै मधेश आन्दोलनकै समय मलेसियामा वैदेशिक रोजगारीमा रहेको मानिसको नाम समेत थमनको हत्यामा मुछिएकोमा उनी एक्कै दिनमा पासपोर्ट मै एयरपोर्टमा छाप नलगाई हत्या गरि पुन : विदेश फर्किए ?
उनले भने - "हामी आन्दोलनको समय पुर्ण सकृय भएको र हामीलाई रोके आन्दोलन रोकिने स्थानिय प्रसासनले बुझेकोले नै आफु लगायत २८ जनालाई फसाएर आन्दोलन रोक्ने स्थानिय प्रसासनले सो वेला प्रयास गरेको बताए ।
यो पुर्ण रुपमा राजनितिक मुद्दा हो यसलाई केहि सत्ता र भत्तामा अधिन रहेको मिडियाले आफु अन्ध भक्त रहेको देखाउन मात्र उचालेको उनको आरोप छ ।
मधेश आन्दोलनको समय भएको सम्पुर्ण हत्याको सरकारले निश्पक्ष छानविन गर्नु पर्छ र तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गरि आन्दोलनको समय प्रहरीले मारेका जनताको हत्याराहरुलाई कार्यवाही गर्ने प्रतिवद्धता जनाउनु पर्छ राज्यमन्त्री शर्माको भनाई छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…