रौतहटमा एकै दिन ५० जनालार्ई टोक्यो कुकुर, अझै निशानामा स्थानीय 

२०८२ पौष २३ बुधबार
बेलुकी ७:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट ।  रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन्।

जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ।

गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर नगरपालिका र राजपुर नगरपालिकाका केही गाउँका बासिन्दाहरू कुकुरको निशानामा परेका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको छ। अस्पतालका सूचना अधिकारी कपिलदेव झाका अनुसार हालसम्म २७ जनाभन्दा बढी घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ।

कुकुरको आक्रमण बढेपछि रौतहटका यी क्षेत्रहरूमा त्रास फैलिएको छ। छाडा कुकुरको डरले गर्दा बालबालिकालाई विद्यालय पठाउन र वृद्धवृद्धालाई घरबाहिर निस्कन समेत मुस्किल भएको स्थानीयको गुनासो छ। बिहान–बेलुकाको समयमा आवतजावत गर्न अत्यन्तै जोखिमपूर्ण बनेको भन्दै स्थानीयले छाडा कुकुर नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

झिटकहिया युवा संगठनले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार ३५ हजार

  • २०८२ पौष २३ बुधबार

न्युज ब्यूरो, जनकपुरधाम । झिटकहिया युवा संगठनले खेलकुदमार्फत युवाबीच एकता, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘खेलले जोड्छ, युवाले भविष्य

पूरा पढ्नुहोस्

Bureau Menus