कल्याणपुरमा सर्पको टोकाईबाट अकालमै एक बालकको ज्यान गयो
न्यूज ब्यूरो | सिरहा, १० साउन । सिरहामा सर्पको टोकाईबाट एकजना बालकको ज्यान गएको छ । सिरहाको कल्याणपुर नगरपालिकामा सर्पले टोक्दा एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कल्याणपुर वडा नं. ८ बस्ने कुसेश्वर दास तत्माका १३ वर्षीय छोरा धनेश्वर दास तत्मा रहेका छन् । विहिबार १२ बजे आफ्नै घरमा सुतिरहेको अबस

२०७५ साउन १० बिहीबार, दिउँसो ४:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १० साउन । सिरहामा सर्पको टोकाईबाट एकजना बालकको ज्यान गएको छ । सिरहाको कल्याणपुर नगरपालिकामा सर्पले टोक्दा एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कल्याणपुर वडा नं. ८ बस्ने कुसेश्वर दास तत्माका १३ वर्षीय छोरा धनेश्वर दास तत्मा रहेका छन् । विहिबार १२ बजे आफ्नै घरमा सुतिरहेको अबस्थामा उनलाई सर्पले टोकेपछि घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्पको टोकाईबाट अकालमै मृत्यु हुनेहरुको संख्या पछिल्लोे समय अत्यन्तै बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…