नेपाल मेडिकल काउन्सिल NMC को सदस्यमा निर्वाचित भईन जनकपुरकी डा. सारिका गोईत 

२०८२ पौष १५ मंगलबार
बेलुकी ७:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल मेडिकल काउन्सिलको चुनावबाट धनुषा जनकपुरकी डा. सारिका गोईत सदस्यमा निर्वाचित भएकी छन् । 

नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनमा धनुषा कमला नगरपालिका कमला नगरपालिका वडा नं. ३ लगमास्थित जन्मस्थान रहेकी डा. गोईत सदस्य पदमा निर्वाचित भएकी हुन् । 

मंगलबार सम्पन्न मत परिणाम अनुसार डा. गोईत सदस्यमा निर्वाचित भएकी हुन् ।  यसैगरी अन्य सदस्यहरुमा डा छविलाल पन्थी, डा. दिपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोख्रेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राईले जित हासिल गरेका छन्। 

धनुषा कमला नगरपालिकाका पूर्व मेयर समेत रहेका रामउदगार गोईतकी पुत्रीको रुपमा चिनिएकी डा. गोईत नेपाल मेडिकल काउन्सिल जस्तो गरिमामय सरकारी सँस्थाको सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिनेको ओईरो छ । 

उनलाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई दिएका छन् । सिरहामा उनले बर्धमान हस्पिटल प्रा. लि. का सँचालिकाको रुपमा समेत रहेकी छन् । 

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस तथा काठमाडौं उपत्यकामा ११ र १२ पुसमा मतदान सम्पन्न भएको थियो। निर्वाचित उपाध्यक्ष तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहने व्यवस्था छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा 

  • २०८२ पौष १५ मंगलबार

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा

पूरा पढ्नुहोस्

Bureau Menus