नेपाल मेडिकल काउन्सिल NMC को सदस्यमा निर्वाचित भईन जनकपुरकी डा. सारिका गोईत
धनुषा कमला नगरपालिकाका पूर्व मेयर समेत रहेका रामउदगार गोईतकी पुत्रीको रुपमा चिनिएकी डा. गोईत नेपाल मेडिकल काउन्सिल जस्तो गरिमामय सरकारी सँस्थाको सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिनेको ओईरो छ ।

२०८२ पुस १५ मंगलबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल मेडिकल काउन्सिलको चुनावबाट धनुषा जनकपुरकी डा. सारिका गोईत सदस्यमा निर्वाचित भएकी छन् ।
नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनमा धनुषा कमला नगरपालिका कमला नगरपालिका वडा नं. ३ लगमास्थित जन्मस्थान रहेकी डा. गोईत सदस्य पदमा निर्वाचित भएकी हुन् ।
मंगलबार सम्पन्न मत परिणाम अनुसार डा. गोईत सदस्यमा निर्वाचित भएकी हुन् । यसैगरी अन्य सदस्यहरुमा डा छविलाल पन्थी, डा. दिपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोख्रेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राईले जित हासिल गरेका छन्।
धनुषा कमला नगरपालिकाका पूर्व मेयर समेत रहेका रामउदगार गोईतकी पुत्रीको रुपमा चिनिएकी डा. गोईत नेपाल मेडिकल काउन्सिल जस्तो गरिमामय सरकारी सँस्थाको सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिनेको ओईरो छ ।
उनलाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई दिएका छन् । सिरहामा उनले बर्धमान हस्पिटल प्रा. लि. का सँचालिकाको रुपमा समेत रहेकी छन् ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस तथा काठमाडौं उपत्यकामा ११ र १२ पुसमा मतदान सम्पन्न भएको थियो। निर्वाचित उपाध्यक्ष तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहने व्यवस्था छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…