धनुषा २ मा जसपा नेपालबाट प्रत्यक्ष तर्फ ६ र समानुपातिकमा ९ जना सिफारिसको निर्णय
उक्त क्षेत्रीय भेला कार्यक्रममा जसपा नेपालका धनुषा निर्वाचन क्षेत्र नम्बर २ का पार्टीका केन्द्रीय सदस्य ममता मण्डल, मधेश प्रदेश समिति सदस्य एवं पुर्व प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव, जिल्ला उपाध्यक्षद्वय ललित मण्डल, शहिदनगर नगरपालिकाका मेयर दिनेश कुमार यादव, समाजवादी युवा संघ, नेपालका केन्द्रीय महासचिव दिपेन्द्र कापरी, समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय महासचिव बलिराम कापरी तथा डोटिमका जिल्ला रामशंकर पासवान लगायत निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने सम्पूर्ण पार्टीका वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरु र नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो।

२०८२ पुस ८ मंगलबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी फागुन २१ गते तोकिएको प्रतिनीधिसभा चुनावको लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषा निर्वाचन क्षेत्र नं. २ को लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेका छन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को मध्यनजर गर्दै पार्टीले नेपाल धनुषा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय भेला संयोजक दिपिनदेव यादव संयोजकत्वमा बसेको बैठकले प्रत्यक्ष तर्फबाट ६ जना र समानुपातिक तर्फबाट ९ जनाको आएको नामहरुको जिल्लामा सिफारिस गर्ने निर्णय गरेको छ।
जसपा नेपालबाट प्रत्यक्ष तर्फबाट लड्ने उम्मेदवारहरुमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय सदस्य अरुण सिंह मण्डल, धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, नेता सुशील साह र कमलदेव मण्डल लगायत नेताहरुको नाम क्षेत्रबाट सिफारिस भएको हो ।
त्यस्तै समानुपातिक तर्फबाट लड्ने उम्मेदवारहरुमा अब्दुल्ला शेख, जयनारायण पासवान, कृष्ण कुमार भण्डारी, त्रिलोक महतो (श्रवण कुमार महतो), रामो महरा, समिमा खातुन, पुष्पा यादव, उदय चन्द्र मिश्र र सीता मण्डल लगायत नेताहरुको नाम क्षेत्रबाट सिफारिस गर्ने निर्णय भएको हो।
उक्त क्षेत्रीय भेला कार्यक्रममा जसपा नेपालका धनुषा निर्वाचन क्षेत्र नम्बर २ का पार्टीका केन्द्रीय सदस्य ममता मण्डल, मधेश प्रदेश समिति सदस्य एवं पुर्व प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव, जिल्ला उपाध्यक्षद्वय ललित मण्डल, शहिदनगर नगरपालिकाका मेयर दिनेश कुमार यादव, समाजवादी युवा संघ, नेपालका केन्द्रीय महासचिव दिपेन्द्र कापरी, समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय महासचिव बलिराम कापरी तथा डोटिमका जिल्ला रामशंकर पासवान लगायत निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने सम्पूर्ण पार्टीका वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरु र नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…