जनकपुरबाटै अनलाईन सपिँग सुरु, मोबाईलबाटै सपिँग
न्यूज ब्यूरो | जनकुरधाम, १० साउन । जनकपुरका युवाहरुले पहिलो पटक जनकपुरधामबाटै अनलाई सपिँग वेभसाईट सुरु गरेको छ । नयाँ प्रविधि र प्रविधिकोे युगलाई मध्यनजर गर्दै घरमा बसी बसी मोबाईलबाटै अनलाईन सपिँग गर्न सकिने व्यवस्था मिलाएको हो । नेपालभरिमै किताबको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट दिने पहिलो अनलाईन

२०७५ साउन १० बिहीबार, दिउँसो १:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकुरधाम, १० साउन । जनकपुरका युवाहरुले पहिलो पटक जनकपुरधामबाटै अनलाई सपिँग वेभसाईट सुरु गरेको छ ।
नयाँ प्रविधि र प्रविधिकोे युगलाई मध्यनजर गर्दै घरमा बसी बसी मोबाईलबाटै अनलाईन सपिँग गर्न सकिने व्यवस्था मिलाएको हो ।
नेपालभरिमै किताबको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट दिने पहिलो अनलाईन सपिँगको रुपमा सँचालनमा ल्याएको हो ।
कुनै पनि किताबको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको सँचालकले जनाएका छन् ।
http://www.koshibookstore.com/
कोशीबुक्सस्टोर डट कम लग ईन गरी आफूले चाहेको किताब किन्न सकिने व्यवस्था मिलाएको हो ।
जहाँ किताब खरिदको लागि भौँतारिने तथा पसल जानुपर्ने बाध्यताबाट मुक्त गर्ने उदेश्यले जनकपुरबाट पहिलो पटक अनलाईन सपिँग सूरु गरेको हो । 
लोकसेवाको किताब देखि लिएर कक्षा ८, ९, १०, ११, १२ सहित मेडिकल ईन्ट्रान्स, ईन्जिीनीयरीँग, व्रिज कोर्स, बायोग्राफी लगायत सबै प्रकारका किताबहरु अनलाईनबाटै उपलब्ध गराउने जनाइएको छ ।
अर्डर गरेको २ दिनभित्र होम डेलिभरी गर्ने तथा किताबको डेलिभरी विल्कुलै फ्रि रहेको जनाइएको छ ।
निकट भविष्यमै यसै अनलाईनमा हरेक प्रकारको वस्तुहरु उपलब्ध गराउने सँचालकले जनाएको छ ।
जनकपुरबाटै पहिलो पटक कोशीवुक्सस्टोर डट कम अनलाईन सँचालन भएपछि जनकपुरभन्दा बाहिर गएर किताब किन्नुपर्ने बाध्यता हटेको छ । घरमै बसी बसी हातमा किताब पाउने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…