आगामी चुनावको तीब्र तयारीमा जसपा नेपाल, धनुषा क्षेत्र नं. २ को लागि चुनावी कसरत सुरु
नेतृत्वस्तरका सहभागीहरूले मंसिर २२ गते हुने क्षेत्रीय बैठकमा व्यापक जनसहभागिता सुनिश्चित गर्न संगठन तगत–गतिविधि सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै बैठकले संगठन विस्तार, पार्टीको आगामी कार्ययोजना तथा जनसम्पर्क अभिवृद्धिका विषयमा सकारात्मक धारणा र सुझावहरू पनि प्रस्तुत गरेको जनाएको छ।

२०८२ मंसिर १९ शुक्रबार, बेलुकी ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जसपा नेपाल धनुषा क्षेत्र नं.–२ मा मंसिर २२ गते हुने क्षेत्रीय बैठकका तयारीलाई तीव्रता दिन थालेका छन् ।
शुक्रबार एक कार्यक्रमबीच महत्वपूर्ण समीक्षा तथा योजना–तयारी बैठक सम्पन्न भएको छ। जिल्ला प्रतिनिधि विकास यादवको अध्यक्षतामा बसेको बैठकमा जिल्ला अध्यक्ष पशुपति यादव, निर्वाचित गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, नगर तथा वडा अध्यक्षहरूसहित विभिन्न तह–तप्काका नेताहरूको सक्रिय सहभागितामा आगामी नीति सन्दर्भमा बैठक गरिएको जनाइएको छ ।
बैठकले क्षेत्रीय कार्यक्रमलाई सफल, सुव्यवस्थित र प्रभावशाली बनाउन आवश्यक व्यवस्थापन पक्षहरूबारे विस्तृत छलफल गरेको छ। सोही क्रममा आगामी बैठकका लागि औरही गाउँपालिका–२, परवहालाई मुख्य कार्यक्रमस्थलका रूपमा चयन गरिएको जानकारी दिएको हो ।
नेतृत्वस्तरका सहभागीहरूले मंसिर २२ गते हुने क्षेत्रीय बैठकमा व्यापक जनसहभागिता सुनिश्चित गर्न संगठन तगत–गतिविधि सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै बैठकले संगठन विस्तार, पार्टीको आगामी कार्ययोजना तथा जनसम्पर्क अभिवृद्धिका विषयमा सकारात्मक धारणा र सुझावहरू पनि प्रस्तुत गरेको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…