मधेश प्रदेशमा तीन मन्त्रीको जिम्मेवारी बाँडिए, लखन दास बने उर्जा तथा सिँचाई मन्त्री
२ मंसिरमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन अन्तरिम आदेश दिएको थियो । यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुने उल्लेख थियो ।

२०८२ मंसिर ८ सोमबार, बेलुकी ६:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका नयाँ मुख्यमन्त्री सरोजकुमार यादवले तीन बिना बिभागीय मन्त्रीलाई सोमबार जिम्मेवारी तोकेका छन् ।
मुख्यमन्त्री यादवले तीनै जना बिना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकेको हो । जसमध्ये चर्चामा रहेका लखन दास तत्मालाई उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । निर्वाचित भएपछि उनलाई मन्त्री बन्न नदिनको लागि कैयौँ नेताहरुले कसरत गरेपनि सरोजकुमार यादवले उनलाई मन्त्री बनाएको हो ।
बर्दिवासको एक होटलमा सपथ खाएका तीनैमध्ये नेपाल संघीय समाजवादी पार्टीका बिमला अन्सारीलाई गृह, सँचार तथा कानुन मन्त्रालयको जिम्मेवारदी तोकिएको हो ।
मन्त्री मण्डलमा राप्रपाकी कञ्चन विच्छालाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
२ मंसिरमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन अन्तरिम आदेश दिएको थियो । यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुने उल्लेख थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…