आउँदो चुनावमा मधेशवादी दलहरु एकैसाथ मिलेर चुनाव लडने निर्णय
मधेशको मुद्दाहरुमा समान धारणा बनाउदै सरकार लाई दवाव दिने उद्देश्यले गठित मधेश आधार क्षेत्र बनाएर राजनीति गर्दै आएका सात दलको मोर्चा निर्वाचनमा समेत एकजुट भएको छ ।

२०८२ मंसिर ७ आइतबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो फागुन २१ गते तोकिएको निर्वाचनमा मधेशवादी दलहरुले मिलेर चुनाव लडने निर्णय गरेका छन् ।
विभिन्न मधेश केन्द्रीत दलहरु मिलेर गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय सभा र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा मोर्चा घटक दलहरु मिलेर चुनाव लडने निर्णय गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बबरमहल स्थित केन्द्रिय कार्यालयमा सम्पन्न मोर्चाको बैठकले मिलेरै चुनाव लडने निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जनाएको छ ।
मोर्चाको बैठक पछि अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरि आसन्न निर्वाचन , स्वच्छ, भयरहित हुने वातावरण निर्माण गर्न सरकार संग मांग समेत गरेका छन ।
मधेशको मुद्दाहरुमा समान धारणा बनाउदै सरकारलाई दवाव दिने उद्देश्यले गठित मधेश आधार क्षेत्र बनाएर राजनीति गर्दै आएका सात दलको मोर्चा निर्वाचनमा समेत एकजुट भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…