नेपाली चेली उपर आपत्तिजनक शब्द प्रयोग गरेका कानुनमन्त्री तामाङद्धारा राजिनामा
न्यूज ब्यूरो काठमाडौं, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा माग गरिएको थियो । आफ्नो अभिव्यक्तिले

२०७५ साउन ८ मंगलबार, दिउँसो ३:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
काठमाडौं, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन ।
मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा माग गरिएको थियो ।
आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै माफी माग्दै तामाङले राजिनामा दिएका हुन ।
मन्त्री तामाङ आफ्नो कार्यकालमा धेरै उलब्धिमूलक काम गरेको र न्याय क्षेत्रमा धेरै नै सुधार गरेको दावी गरेका छन् । पत्रकार सम्मेलनमा निकै भावुक बनेका मन्त्री तामाङको पटक पटक उनको गला अवरुद्ध भएको थियो ।
तामाङले राजीनामा आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने छन् । तामाङले मन्त्रीबाट राजीनामा दिएपनि सधै जनताका पक्षमै काम गर्ने बताएका छन् ।
राम्रो कामको मूल्याँकन गरिदिन पनि उनले आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…