गत वर्ष वगाएको तटबन्ध अझै निर्माण भएन, स्थानिय भन्छन : "राती डराएर सुत्छौ" !
बाबु प्रेम यदुवन्शी | महोत्तरी,८ साउन । बाढीको कुनै निश्चित वहाव हुदैन जता वाटो मिल्यो उतै वग्ने हो । बाढीले मानव वस्ती र जंगल हेर्दैन उ त केवल आफुलाई सहज हुने वाटो खोज्छ । त्यही वाढीको वेगले हजारौ मानिसलाई विस्थापित बनाउनुका साथै सयौको ज्यान नै लिने गरको छ । नेपाल प्राकृतिक विपतीहरु भुकम्प,भुस्खन र

२०७५ साउन ८ मंगलबार, दिउँसो १:५९ बजे८ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी,८ साउन ।
बाढीको कुनै निश्चित वहाव हुदैन जता वाटो मिल्यो उतै वग्ने हो ।
बाढीले मानव वस्ती र जंगल हेर्दैन उ त केवल आफुलाई सहज हुने वाटो खोज्छ । त्यही वाढीको वेगले हजारौ मानिसलाई विस्थापित बनाउनुका साथै सयौको ज्यान नै लिने गरको छ ।
नेपाल प्राकृतिक विपतीहरु भुकम्प,भुस्खन र बाढीले पिरोलिएको देश हो । यहा हरेक पटक आउने यस्ता पाकृतिक प्रकोपहरुले विनास गर्ने गरेका छन ।
प्रकृतीको दोहन,नदीको पानी भण्डारण गर्ने क्षमतामा ह्रासले कति ठुलो प्रलय मच्चाउने हो निर्धारण गर्छ । महोत्तरी समेत प्रकृतीको यसै विनाशकारी स्वरुपको वर्षौ देखि सिकार हुदै आएको छ ।
जिल्लाको भंगहा नगरपालिका वडा नं. ५ सिद्धपुरका जनताहरु अझै वाढीको त्रासमै वाचिरहेका छन । गत वर्ष आएको वाढीले सोहि गाउको नजिकै रहेको करिव १५० मिटर तटबन्ध कटान गरेकोमा एक वर्ष वित्दा पनि सो पुननिर्माण हुन नसक्दा उनीहरु त्रासमा वाच्नु परेको छ ।
तटबन्ध कटान गरिएको स्थानबाट केहि पर जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले तारजालीमा ढुंगा राखेर वाढीको प्रभाव रोक्न भनि स्थानिय उपभोक्ता समितिलाई ५ लाख दिएको तर उक्त रकमले सवै स्थल नियन्त्रण असम्भव रहेको स्थानियहरुको भनाई छ । मुख्य तटबन्ध कटान भएको स्थलमै उक्त कार्यालयले समेत पुननिर्माणको लागि केहि दिएको छैन ।
स्थानिय अंकित झा भन्छन तटबन्ध निर्माण नहुदा वाढी कुन वेला आउने हो र आफुहरुलाई वगाएर लग्ने हो भन्ने डरले रातभरि निन्द्रा आउदैन । नदीमा वर्षा अनुसार पानीको स्तर घटने गरेको र वढने गरेकोले कुनै वेला ह्वात्तै पानी आईदिए आफ्नो टोल लगायत छेउछाउका दर्जनौ गाउ नै डुवानमा पर्ने उहाको भनाई छ । 
जनताको तटबन्ध र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय समेतको वेवास्ताले हजारौ स्थानियहरु जोखिम पुर्ण अवस्थामा रहेका छन ।
यता दुवै कार्यालयले कुनै किसिमको पहल नगरेपछि भंगहा नगरपालिका ले यस आर्थिक वर्षमा सोहि क्षेत्रको तटबन्ध निर्माण र मर्मतको लागि करिव ५० लाख छुट्याएको नगरप्रमुख संजिव कुमार साहले बताए ।
उनले नगरपालिकासंग भएको रकम स्थानिय विकास तथा अन्य शिर्षकको लागि भएपनि आफ्नो नगरवासीको ज्यान नै खतरामा रहेपछि विकास कसको लागि गर्ने भनि तत्काल रकम छुट्याइएको बताए ।
चुरे र महाभारत क्षेत्र दोहन गरि मानव वस्तीहरु वढ्नु,नदीको भण्डारण क्षमता कम हुनु,जंगल विनास र अनियन्त्रित उत्खनन वढदै जादा भुस्खलन र वाढी पहिरो जस्ता प्रकोप महोत्तरीमा बढदै गएको छ ।
नदीहरुमा वगेर आउने वालुवा,ढुंगा र माटोले नदी पुरिदा पानी भण्डारण गर्न नसक्दा त्यही पानी वाढीको रुपमा प्रलय मच्चाउछ । वर्षेनी आउने यस प्राकृतिक प्रलयले यहाको विकासमै ठुलो वाधा पुर्याएको छ । गत वर्षकै वाढीमा महोत्तरीमा ९ जनाले ज्यान गुमाए भने करोडौको क्षति समेत यसै जिल्लाले व्यहोर्नु पर्यो ।
महोत्तरीको वर्तमान अवस्था :
महोत्तरी वाढीको उच्च जोखिममा छ । जिल्ला स्थित नदी तथा खोलाहरुमा साना साना वाढी आधा दर्जन भन्दा वढी पटक आईसकेको छ भने उक्त नदीहरुमा रहेको तटबन्धहरुको अवस्था समेत भरोसा गर्ने अवस्थामा छैन ।
महोत्तरीमा मुख्य नदीको रुपमा रहेको रातो,विग्ही,अंकुशी,जंघा लगायतका नदीहरुमा पानीको वहाव अत्यधिक छ भने पानी घटने र वढने क्रम निरन्तर चल्दै छ ।
यता वाढीको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला विपत व्यवस्थापन समितिले समेत सवै निकायहरुलाई एलर्ट गरेर तयारी अवस्थामा राखेको छ भने जिल्लामा भएको रेस्क्युको स्रोत साधन तथा राहत सामग्री र सुरक्षाकर्मीहरु सवै तयारी अवस्थामा छन ।
स्थानिय पालिकाहरुमध्ये समेत केहिले वाढीको समयको लागि रेस्क्युको स्रोत साधन खरिद गरिसकेको छ भने केहिले खरिद गर्ने प्रकृया अन्तिम अवस्थामा रहेको बताए । त्यसतै नेपाल रेडक्रस सोसाईटी समेतले सय परिवारको लागि जति वेला समेत राहतको पुर्ण व्याकेज तयारी अवस्थामै राखेको छ । 
यता प्रहरीले आफ्ना विभिन्न युनिट र चौकीहरुमा वाढी आए रेस्क्यु गर्ने स्थानहरुको सुचि र रेस्क्युको साधनहरु समेत पठाईसकेको अवस्था छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले हामी भएका स्रोत साधनका साथ तयारी अवस्था मा छौ वताए ।
गत वर्षको क्षति :
बाढीले गत वर्ष ९ जनाको ज्यान लिएको छ । प्राय हरेक वर्ष केहि व्यक्तिको वलि यसरी नै हुने गरेको छ । त्यसतै दश हजार भन्दा वढी घरमा पुर्ण,आशिंक र साधारण क्षति भएको थियो भने करिव चालिस हजार व्यक्ति प्रत्यक्ष प्रभावित भए ।
वाढीले जिल्लाको जलेश्वर,बर्दिवास,मटिहानी,भंगहा,लोहारपटटी,मनरा सिस्वा,रामगोपालपुर,गौशाला र बल्वा नगरपालिका तथा पिपरा,सोन्मा,एकडारा,महोत्तरी तथा सम्सी गाउपालिकाका सयौ गाउ वस्ती डुवानमा परेको थियो । पुर्ण घर क्षति मात्र २५१८ सरकारी तथ्यांकमा छ । यता बर्दिवासको रातोपुल,माईस्थान लक्ष्मिनिया विचको खोल्सी पुल र बर्दिवासकै खोल्सी पुल तथा भिठामोड जनकपुर स्थित हुलाकी राजमार्गको विभिन्न तिन स्थानमा सयौ मिटरको कटान तथा अन्य राजमार्गहरु समेत मा भएको कटानले एक स्थानबाट अर्को स्थानमा जान समेत अवस्था थिएन ।
हजारौ वाढी पिडितले पाएनन राहत ः
वाढी पश्चात गरिएको राहत वितरणले हजारौ पिडितलाई छुन सकेन ।
राहत वितरणकै लागि संकलन गरिउको पिडितको नामावलीमा त्रुटी हुदा र हजारौ वास्तविक वाढी पिडितकै नाम सुचिबद्ध हुन नसक्दा पिडितहरुले विभिन्न राहत वितरणमा आफ्नो अंश पाउन सकेनन ।

यता सरकारले प्रति परिवार २५ हजारको दरले राहत वितरण गरेएपनि उक्त रकम समेत धेरै पिडितको हातमा पर्न सकेन । सरकारले संकलन गरेको तथ्यांकको वाढी पिडितहरुले हालसम्म पनि विरोध गर्दै आएको छ ।
हचुवाको भरमा तथ्यांक संकलन गरिदा अझै हजारौ वास्तविक वाढी पिडितहरु उक्त राहत सुचिमा पर्न सकेनन भने अझै जिल्ला प्रसासन कार्यालय तथा स्थानिय निकायहरुमा गत वर्षको बाढी पिडितहरु गुहार गर्ने गरेको अझै देखिने गरिएको छ ।
उक्त सुचीको अनुसार जलेश्वर नगरपालिकामा ४५५,बर्दिवास नगरपालिकामा १९,गौशाला नगरपालिका ६९,मटिहानी नगरपालिका १६३,एकडारा गाउपालिका १३८,पिपरा गाउपालिका ३४२,मनरा सिस्वा नगरपालिका १४२,बल्वा नगरपालिका १०९,सम्सी गाउपालिका १४४,सोन्मा गाउपालिका १४,लोहारपटटी नगरपालिका २३९,रामगोपालपुर नगरपालिका १६८,औरही नगरपालिका २०२,भंगहा नगरपालिका ३०३ र महोत्तरी गाउपालिकामा १२७ गरि कुल २६३४ को घर पुर्ण क्षति भएकोमा सरकारले २५१८को लागि मात्र राहत रकम पठाएको थियो ।
सुरक्षा निकाय र विभिन्न संघसंस्थाहरुको सहयोग अतुलनिय "
महोत्तरीमा गत वर्ष आएको वाढीमा जिल्ला स्थित सुरक्षा निकाय,जिल्ला प्रसासन र नेपाल रेडक्रस सोसाईटी,सेभ द चिल्ड्रेन,रतौली युवा क्लव,धुर्मुश सुन्तली फाउण्डेशन लगायतका दर्जनौ संघसंस्थाहरुले रेस्क्यु तथा राहत वितरणमा सकृय सहभागिता जनाएको थियो ।
एकद्वार प्रणाली लागु गरेका तत्कालिन प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठको चेन अफ कमाण्ड पोख्त भएकै कारण राहत वितरणमा उक्त वेला निक्कै सहजता आएको थियो ।
तत्कालिन सुरक्षा निकायहरुसंग रेस्क्युका साधन स्रोतहरु अभाव हुदा खासै कठिनाई भएपनि त्यस परिस्थितिलाई मुल्यांकन गर्दै हाल सवै सुरक्षा निकायहरुले रेस्क्युका विभिन्न साधन स्रोतहरु थप व्यवस्था गरि चुस्त पारेका छन ।
उक्त वाढीको समय नेपाली सेनाको करिव ४००,शसस्त्र प्रहरीको करिव ४५० र नेपाल प्रहरीको ४८० भन्दा वढी सुरक्षाकर्मीहरु रेस्क्यु र राहत कार्यमा प्रत्यक्ष सहभागि भएका थिए ।

सुरक्षा निकायहरु आफै थिए डुवानमा :
गत वर्षको वाढीमा नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला स्थित मुख्य कार्यालय तथा अन्य स्थानका क्याम्प,चौकी तथा कार्यालयहरु तिन देखि चार फिट पानीको डुवानमा भएपनि उनीहरुको रेस्क्यु र राहत कार्यमा पुर्ण सहभागिता देखिएको थियो । पुन ः वाढी आएको अवस्थामा उनीहरु डुवानमा पर्ने खतरा यथावत छ ।
सुरक्षा निकायसंगको रेस्क्यु सामग्री :
गत वर्षको बाढीबाट सजग हुदै जिल्ला स्थित सुरक्षा निकायहरुले रेस्क्यु सामग्री थपेका छन । लाईफ ज्याकेट,रवर वोट,रस्सी,सुरक्षा वेल्ट,वेल्चा,कोदालो लगायतका विभिन्न रेस्क्यु सामग्रीहरु तिनै सुरक्षाअंगहरुले आ आफ्नो कार्यालय तथा युनिटहरुमा थपेका छन ।
यता सवै सुरक्षा निकाय सम्भावित वाढीलाई मध्यनजर गर्दै तयारी अवस्थामा वसेको छ । नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारीहरुले आफुहरु पुर्ण तयारी अवस्थामा वसेको बताएका छन ।
सरकारले वाढी न्युनिकरणको लागि चासो लिएन ः
विगतका वर्षहरुमा आएको वाढीले अपुरनिय क्षति गर्दा समेत नेपाल सरकारको वाढी न्युनिकरणको लागि ध्यानाकर्षण हुन सकेको छैन ।
सरकारले तराईका क्षेत्रहरुलाई उपेक्षा गर्दै वाढी न्युनिकरणको लागि ध्यान नदिदा तराई पुन डुवानमा परेका छ भने महोत्तरी समेत वाढीको उच्च जोखिममा रहेको छ ।
जिल्ला स्थित चुरे र महाभारत क्षेत्रबाट आएको रातो,भव्सी,जंगहा,गढन्ता,ढुंग्रे,मरहा र पश्चिममा रहेको बाँके नदीहरुमा रहेको तटबन्धहरु अति नै कमजोर हुदा महोत्तरीमाथी पुनः वाढीको खतरा यथावत रहेको छ ।
वाढी आउने निश्चित भएपनि वाढी न्युनिकरणका उपायहरु शुन्य मात्रामा गरिएका छन । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम संचालन गरिरहेको विभिन्न कार्यालय तथा संस्थाहरुले मिटिंगमै अधिक रकम खर्चे भने वाढी नियन्त्रणका आधारभुत कार्यहरु र उपायहरु गर्न नसक्दा वाढीको समस्या अझै यथावत छ ।
सामान्य वर्षासंगै नदीहरुमा आउने पानीले नै वाढी आउने संकेत गरिरहेको देख्दा सरकारको पुर्व तयारी समेत फितलो देखिएको छ ।
वाढी न्युनिकरणको लागि मुख्य भुमिकामा रहेको जनताको तटबन्धले गत वर्ष क्षति गरेको विभिन्न स्थानमा मर्मत गर्दा समेत केहि स्थानमा मर्मत पुर्ण भएको छैन भने केहि स्थानमा काम ने सुरु नभएको अवस्था छ तथापी जनताको तटबन्ध फिल्ड कार्यालय २ ले गतवर्षको कटान क्षेत्रहरुमा अधिकांश स्थानमा मर्मत कार्य गरिसकेको दावी गर्छ ।
यधपी कार्यालयले मांग गरिएको रकम भन्दा पनि अति नै न्युन रकम सरकारले विनियोजन गर्दा वाढीको समस्या टार्न समस्या भएको स्विकार्छन । जनताको तटबन्धले कार्य गर्दै आएको नदीहरु मरहा,रातो र औरहीका तटबन्धहरु थोरै पानीको चापले नै कति वेला टुटने हो भन्न गार्हो छ ।
रातो नदी मै करिव ६ किलोमिटर तटबन्ध गत वाढीले भत्काएको थियो । किसाननगर,पशुपतिनगर,हतिसर्वा,गोनरपुरा,मरई,बदिया बन्चौरी,फुलवरिया र रतवारमा तटबन्ध कार्यालयले काम गरेपनि उक्त स्थानहरु अझै सुरक्षाको दृष्टीले भरपर्दो छैन ।
पशुपतिनगरमा ठेकेदारले काममा लापरवाही गर्दै निर्माण कार्य अधुरो राखेका छन भने गोनरपुरामा मर्मत भएपनि तटबन्ध नै डुवानमा रहेको छ । यता मरईमा तटबन्ध निर्माण भएपनि माटोले गरिएकोले पुन उक्त तटबन्ध जुन वेला समेत टुट्न सक्ने अवस्था छ ।
तथापी गत वर्ष लोहारपटटीको डठौरामा अत्यधिक क्षति भएकोमा उक्त स्थानमा समेत तटबन्ध मर्मत भईसकेको कार्यालयले जनाएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…