धनुषाको सबैलामा प्लान इन्टरनेश्नल र JWAS द्धारा दक्ष युवा परियोजनाको प्रतिवेदन पेश
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जानकी महिला जागरण समाजले धनुषाको सबैला नगरपालिकामा दक्ष युवा परियोजनाको प्रतिवेदन पेश गरिएको छ । प्लान इन्टरनेश्नल नेपाल नामक सँस्थाको आर्थिक सहयोगमा धनुषा जिल्लाको सबैला नगरपालिकामा सँचालित दक्ष युवा परियोजना अन्तर्गत ३९ जना युवक र ६
२०८२ मंसिर १ सोमबार, बेलुकी ७:३४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जानकी महिला जागरण समाजले धनुषाको सबैला नगरपालिकामा दक्ष युवा परियोजनाको प्रतिवेदन पेश गरिएको छ ।
प्लान इन्टरनेश्नल नेपाल नामक सँस्थाको आर्थिक सहयोगमा धनुषा जिल्लाको सबैला नगरपालिकामा सँचालित दक्ष युवा परियोजना अन्तर्गत ३९ जना युवक र ६१ जना युवति महिलालाई स्वरोजगार बनाउन सफल भएको हो ।
दक्ष युवा परियोजनाले सबैला नगरपालिकाको विभिन्न वडाबाट सहभागीहरु चयन गरिएको थियो । जसमा ३९ जना पुरुष र ६१ जना महिललाई सहभागीता गराएको थियो । नियमित रुपमा तालिम, गोष्ठी, निगरानी, कार्य सम्पादनको माध्यमले १०० जनालाई स्वगरोजगार बनाउन सफल भएको हो ।
जानकी महिला जागरण समाजले सो परियोजना कार्यन्वयन गरी सफल भएपछि आइतबार सबैला नगरपालिकाका मेयर कारीराम यादव उपमेयर रहिमा खातुन प्रशासकिय अधिकृित बिरेन्द्रलाल कर्णा समक्ष कार्यक्रमको अन्तिम प्रतिवेदन बुझाएको थियो ।
सो कार्यक्रममा विभिन्न शाखाको प्रमुख लगायत उद्योग बाणिज्य संघ सबैलाका अध्यक्ष ब्रहम्देब यादव पनि सहभागी भएको थियो संस्थाको तर्फबाट समाजिक परिचालन अधिकृित अर्जुन कु सिंह र अनुगमन तथा मुल्यांकन अधिकृित सुस्मिता ठाकुर सहित सहभागी रहेको थियोे ।
युवाहरू विशेष गरी युवती महिलाहरूले आफ्नो योग्यता अनुसारको मर्यादित काम, पेशा वा स्वरोजगारका अवसरहरूका लागि आफ्नो सीप र दक्षता निर्माण र विकास गर्ने लक्ष्यसहित परियोजना सँचालन भएको थियो । युवाहरू विशेष गरी युवती महिलाहरूको लैङ्गिकउत्तरदायी, सभ्य र मर्यादित कार्यस्थल र प्रशिक्षण केन्द्रहरुमा पहुँच बढाउन सफल भएको हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…