सिरहा जेलमा नाईके यादवको करामतः जेलभित्रै कैदीलाई दाउरा र पाइपले मर्नेगरी कुटेपछि...
यसअघि गत साउन ४ मा कारागारभित्र दुई समूहबिच झडप भएको थियो । चौकीदार सरुवाको विषयमा झडप हुँदा तत्कालीन चौकीदार विजय महतोसहित १३ जना घाइते भएका थिए । दाउराको चिर्पट प्रयोग गरी एक–अर्कामाथि आक्रमण गरेपछि १३ जनाको टाउको फुटेको थियो ।

२०८२ कार्तिक २७ बिहीबार, बेलुकी ६:४५ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । जिल्ला कारागार सिराहामा ‘नाइके’ को विषयमा निरन्तर झडप र कुटपिट हुँदै आइरहेको घटना बाहिरिएको छ । कारागारमा रहेको कामचलाउ नाइके ईन्द्रजीत यादवको समूहको निर्देशनमा सिरहा जेलभित्रै कैदीलाई मर्नेगरी कुटेको घटनाहरु समेत बाहिरिएको छ ।
कथित नाईके र्ईन्द्रजीत यादवको ईसारामा चारजना मिलेर सिराहाको मिर्चैया नगरपालिका– ८ का ३९ वर्षीय परमेश्वर सदा र महोत्तरीको रामगोपालपुर नगरपालिका– ८ का बद्री मण्डललाई निर्घात कुटपिट गरेपछि घटना बाहिरिएको छ ।
उनीहरूलाई गत शनिबार राति कुटपिट गरी गम्भीर घाइते बनाएको छ। प्लास्टिकको पाइप र भाटाले कुटपिट गर्दा कैदीबन्दी सदाको पिठ्युँ र संवेदनशील अंगमा गम्भीर चोट लागेको छ । घाइते सदालाई उपचार गराउन सोमबार दिउँसो प्रादेशिक अस्पताल सिराहामा उपचार गराउन भर्ना गरिएको थियो ।
हतकडी लगाएर नै प्रादेशिक अस्पताल सिराहाको आकस्मिक कक्षमा उपचार भइरहेको कैदीबन्दी सदाको सुविधासम्पन्न अस्पताल लैजान कारागार प्रशासनलाई उपचारमा संलग्न चिकित्सक राकेश यादवले सुझाब दिएको बताएका छन्। अर्का कैदीबन्दी मण्डल सामान्य घाइते भएका छन् । मण्डललाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ । सदा कर्तव्य ज्यान र मण्डल चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका छन्।
यसअघि गत साउन ४ मा कारागारभित्र दुई समूहबिच झडप भएको थियो । चौकीदार सरुवाको विषयमा झडप हुँदा तत्कालीन चौकीदार विजय महतोसहित १३ जना घाइते भएका थिए । दाउराको चिर्पट प्रयोग गरी एक–अर्कामाथि आक्रमण गरेपछि १३ जनाको टाउको फुटेको थियो ।
कारागारमा तत्कालीन नाइके विजय महतो र इन्द्रजित यादव समूहबिच झडप भएको थियो । तत्कालीन नाइके महतोलाई सरुवा गरिएको छ भने यादव कामचलाउ नाइकेको रूपमा कारागारमा रहेका छन् । नयाँ नाइके नियुक्त गरिएको छैन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…