महोत्तरीको मुसहर बस्तीमा रेडक्रसको राहत प्रयास, शौचालय देखि स्टेशनरीसम्म
बाबु प्रेम यदुवन्शी | महोत्तरी,८ साउन । लोहारपटटी नगरपालिका वडा नं. ५ डिठौराका मुसहर समुदायको टाउकोवाट वाढीको संकट तथा आर्थिक विपन्नताका साथै अशिक्षाले समेत जरो गाडेको वेला नेपाल रेडक्रस सोसाईटीले राहतको सानो प्रयास गरेको छ । गत वर्षको वाढीमै सम्पुर्ण सम्पती गुमाएका उक्त मुसहर वस्तीमा रेडक्रसको सहयो

२०७५ साउन ८ मंगलबार, बिहान १०:५० बजे२ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी | महोत्तरी,८ साउन ।
लोहारपटटी नगरपालिका वडा नं. ५ डिठौराका मुसहर समुदायको टाउकोवाट वाढीको संकट तथा आर्थिक विपन्नताका साथै अशिक्षाले समेत जरो गाडेको वेला नेपाल रेडक्रस सोसाईटीले राहतको सानो प्रयास गरेको छ ।
गत वर्षको वाढीमै सम्पुर्ण सम्पती गुमाएका उक्त मुसहर वस्तीमा रेडक्रसको सहयोगमा शौचालय निर्माण अन्तिम अवस्थामा छ भने उक्त वस्तीमा हातेकल पाँच थान र स्थानिय विद्यालयका १२६ वालिकाहरुलाई व्याग तथा स्टेशनी वितरण गरिएको छ ।
गत वर्ष देखि नै रेडक्रस लगायतका विभिन्न संघसंस्थाले उक्त वस्तीलाई भ्याए जति सहयोग गर्दै आएको र गत वर्ष भत्केको तटबन्ध समेत माटोले नै भएपनि मर्मत भएपनि संकट भने हट्न सकेको छैन ।
नदीको छेउमै रहेको उक्त वस्ती जुनसुकै वेला समेत पुन तटबन्ध भत्किन सक्ने र वस्ती नै डुवानमा पर्ने खतराका विच स्थानियहरु अन्यत्र जग्गा नभएर स्थानान्तरण हुन नसकेको स्थानिय शिव सदाको भनाई छ ।
सोमवार स्थानिय प्रा.वि. विद्यालयको प्रांगण सरसफाई तथा विद्यालयका १२६ वालिकाहरुलाई व्याग र स्टेशनरी वितरण रेडक्रसको सहयोगमा गरिएको छ भने सोहि वस्तीमा खानेपानीको समस्या रहेकोले तत्काल पाच थान हातेकल समेत रेडक्रसकै सहयोगमा जडान हुन लागेको छ ।

यता करिव १८० घरधुरीलाई आयआर्जनकै लागि रेडक्रसको तर्फबाट प्रत्येक परिवारलाई दश हजार वरावरको सहयोग र सय घरधुरीलाई सोहि रकम वरावरको चर्पी निर्माण भैरहेको रेडक्रसले जानकारी गराएको छ । 
वलिकाहरुलाई व्याग तथा स्टेशनरी वितरण कार्यक्रममा रेडक्रस,पत्रकार र स्थानिय भद्रभलादमी तथा लोहारपटटी नगरपालिका कि उप प्रमुख सरीता शर्मा समेत उपस्थित भएकि थिईन । रेडक्रसले गत वर्षको वाढी देखि नै वाल्टी,राशन तथा अन्य विभिन्न सामग्रीहरु उक्त वस्तीमा वितरण गरिसकेपनि अझै धेरै गर्न वाकि रहेको नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति दिपक मिश्रको भनाई छ ।
राहत बाँडियो तर हटेन अशिक्षा र अभाव :
गत वर्ष देखि नै विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले समेत विभिन्न राहतका प्याकेज वस्तीमा पुर्याएपनि त्यसले तत्कालको लागि राहत दिएपनि दिर्घकालिन समस्याको समाधान गर्न सकेको छैन ।
वस्ती अझै अशिक्षाकै चपेटमा हुदा सरसफाई तथा अन्य विभिन्न चेतनाको अभाव देखिएको छ । रेडक्रसको टोलीले वस्ती अनुगमनको क्रममा त्यहा युद्धस्तरमा शिक्षाको लागि काम गर्नु पर्ने प्रतिकृया दिए । शिक्षाले नै चेतना आउने र चेतना भए सरसफाई मदिराको कुलत र अन्य विभिन्न समस्याको समाधान समेत हुने टोलीको प्रतिकृया थियो ।
यता उक्त वस्ती नै वाढीको उच्च जोखिममा रहेकोले तत्काल नेपाल सरकारले वस्ती स्थानान्तरणको लागि कदम उठाउनु पर्ने उनीहरुले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…