धनुषाधामको हरिपुर क्रिकेट टुर्नामेन्टको उपाधीमाथि विदेहको कब्जा
जित हासिल गरेका विदेह नगरपालिकाका टिमलाई आयोजकले ४० हजार नगद र ट्रफीसहित सम्मान गरेको हो । रनरअपमा रहेका जनकपुरधाम उपमहानगरपालिकाको टिमलाई २१ हजार रुपैयाँ र दोस्रो ट्रफी प्रदान गरिएको आयोजक समितिका मोख्तार हुसैनले जानकारी दिए ।

२०८२ कार्तिक २३ आइतबार, बिहान १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुरमा सम्पन्न भएको नगरस्तरीय क्रिकेट टुर्नामेन्टको उपाधी विदेह नगरपालिकाले जितेको छ ।
शनिबार सम्पन्न जनकपुर र विदेह नगरपालिकाबीचको खेलमा विदेह नगरपालिका ३ विकेटले जीत हासिल गरेका हुन् ।
गत कार्तिक १० गतेदेखि सुरु भएको क्रिकेट टुर्नामेन्ट कार्तिक १९ गतेसम्म चलेको थियो । बीचमा खेल रोकिएर फाईनल खेल शनिबार गराएको आयोजकले जनाएको छ ।
जित हासिल गरेका विदेह नगरपालिकाका टिमलाई आयोजकले ४० हजार नगद र ट्रफीसहित सम्मान गरेको हो । रनरअपमा रहेका जनकपुरधाम उपमहानगरपालिकाको टिमलाई २१ हजार रुपैयाँ र दोस्रो ट्रफी प्रदान गरिएको आयोजक समितिका मोख्तार हुसैनले जानकारी दिए ।
धनुषाधाम ६ हरिपुर युवा क्रिकेट टिमका सँयोजक धर्मनाथ महतोको अध्यक्षता तथा नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा उदघाटन गरिएको थियो ।
वडा नं. ६ का वडाध्यक्षसहित विभिन्न वडाका जनप्रतिनीधिहरुको उपस्थितिमा म्याच सम्पन्न भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…