जसपा नेपाल छोडनुभएका सबै नेता कार्यकर्ता पुनः पार्टीमा आउनु, हामी स्वागत गर्छौः यादव 

२०८२ कार्तिक २२ शुक्रबार
बेलुकी ६:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, ललितपुर ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन् । 

विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई सङ्कोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दैै उनीहरूको स्वागतको लागि जसपा नेपालको ढोका खुला रहेको अध्यक्ष यादवले अपिल गरेका हुन् ।

ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा बिहिबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि विगतका दिनमा संगठन छाडेका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्दै आउनेलाई स्वागत गर्ने निर्णय गरेको छ ।

‘पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुुष्ट भएर पार्टी छाडेपनि उनीहरु सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु,– अध्यक्ष यादवले भने,– ‘जसपा नेपाल हामी सबैको साझा संगठन भएकोले जुनै कारणले पार्टी परित्याग गरेपनि पुनः फर्किन कसैले दुःख, धक, सङ्कोच वा अप्ठ्यारो मान्नु पर्दैन ।’

पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई सम्पर्कमा आउन अपिल गर्दै उनीहरूको क्षमता, दक्षता, भूमिका र योग्यता अनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिईने अध्यक्ष यादवले बताएका छन् ।

मुलुकमा विकसित परिदृष्यलाई मध्यनजर गर्दै पार्टीलाई थप संगठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकाहरुलाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ संचालन गर्ने बताइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरमा किशोर सञ्जालको १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

  • २०८२ कार्तिक २२ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालले बालबालिका र किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र शहिदनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ। केन्द्रीय समिति सदस्य राजन दासले नगरपालिकाकी उप–प्रमुख सुनिता सिंहलाई ध्यानाकर्षण पत्र

पूरा पढ्नुहोस्

Bureau Menus