देशलाई संवैद्यानिक बाटोमा फर्काउन संसदको पुनःस्थापना हुनैपर्छः ओली 

२०८२ कार्तिक २२ शुक्रबार
बेलुकी ६:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनः स्थापना हुनै पर्ने बताएका छन् । 

एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा ओलीले वर्तमान सरकारले असंवैधानिक तवरले प्रतिनिधिसभा बिघटन गरेको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनः स्थापना हुनै पर्ने बताएको हो । 

उनले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागका साथ सवै आन्दोलित हुनुपर्ने र संसद पुनःस्थापनाको मागलाई तीव्र बनाउनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार गठनका समयमा पनि आफुले संवैधानिक तवरबाट अघि बढ्न राष्ट्रपतिलाई पत्र लेखेको उल्लेख गरे।

सरकार गठनका लागि शितल निवासमा भएको छलफलमा एमालेका कुनै प्रतिनिधि सहभागी नभएकाले पूर्व प्रधान्यायाधीशको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा बिघटनमा एमाले पूर्ण बिपती रहेको उनले दोहराए ।

अध्यक्ष ओलीले तोडफोड र आगजनीको बलमा निर्माण भएको सरकारको पछिल्लो गतिविधि समेत असंवैधानिक रहेको आरोप लगाए ।

उनले बेठिक तत्वसंग नझुकेको एमाले दुई दिनको आन्दोलनको बलमा निर्माण भएको असंवैधानिक सरकारसंग समेत नझुक्ने तर्क गरे।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८२ कार्तिक २२ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus