न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री रघुवीर महासेठले सबै जनताको घर मेरो घर भएको बताएका छन् ।
नेकपा एमाले धनुषाको पूर्ण बैठकमा बोल्दै नेता महासेठले आफ्नो घर जलाएकोप्रति दुःख व्यक्त गर्दै जनताको घर आफ्नो पनि घर रहेको बताएका छन् ।
जेनजी आन्दोलनको क्रममा जनकपुरधामस्थित नेता महासेठको घरमा रिसवीले आगो लगाएको आरोप लगाउँदै उनले आक्रमक प्रतिक्रिया व्यक्त गर्दै सो प्रश्न राखेका छन् — “मेरो घर जलाएर के पाउनुभयो ?” । उनले थप भने, “सबै जनताको घर मेरो घर हो,” जसले घटनापछि सामाजिक सद्भाव र दायर भएका राजनीतिक आरोपहरूलाई न्यून गर्ने प्रयास गरे ।
कार्यक्रममा आफ्नो मनतव्य राख्दै नेता महासेठले व्यक्तिगत घरमा लागेका क्षति र त्यसप्रति उठेका टिप्पणीहरूलाई राजनीतिकरण गर्नु ठीक नभएको बताए। उनका अनुसार, जेनजी आन्दोलनको बहानामा केही राजनीतिक दलकै कार्यकर्ताहरुले घुसपैठ गरी घरलाई लक्षित गरेको आरोप लगाए ।
उनले आफू कुनै पदीय जिम्मेवारीमा आउनु अघि नै घर बनाएको भन्दै घर जलाएकोप्रति भावुक बने । उनले यसले आफ्नो पैतृक सम्पतिमाथि प्रहार गरेको आरोप लगाए ।
सोही कार्यक्रममा महासेठले देशमा शान्ति, स्थायित्व र सुशासन कायम गर्न संसद पुनर्स्थापना नै एक मात्र विकल्प भएको बताए ।
धनुषा जिल्ला कमिटीद्वारा आयोजित पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता सेठले वर्तमान राजनीतिक जटिलताको समाधान संसद् पुनःस्थापनाबाट मात्र सम्भव हुने स्पष्ट पारे । उनले एमाले सधैँ लोकतन्त्रको संरक्षण र जनताको हितका लागि जिम्मेवार भूमिकामा रहँदै आएको दाबी गरे ।
कार्यक्रम एमाले धनुषाका अध्यक्ष भोला यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जुली कुमारी महतो, केन्द्रीय सदस्य हरिनारायण महतो, प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
वडाध्यक्षबाट खुट्टा मालिस गराएका गाउँपालिका अध्यक्ष चौधरीको राजीनामा, भन्छन्- 'नक्कली राजीनामा'
- २०८२ कार्तिक २२ शुक्रबार
न्यूज ब्यूरो, राजविराज । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत असोज ०५ गते नै मिति राखिएको राजीनामा पत्र समाजिक सँजालमा भाईरल बनेको छ
पूरा पढ्नुहोस्




