न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले चलाउनका लागि सरकारले संसद भंग गरेको आरोप लगाएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाएको हो ।
उनले बिघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको जानकारी दिए । ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जनेजी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गरेको भन्दै आयोगको निर्णय मान्य नहुने स्पष्ट पारे।
निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका बिषयमा अदालतले गरेको आदेश समेत प्रधानमन्त्रीले उलंघन गरेको धारणा राखे । उनले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताए।
अदालतमा आगो लगाउनेहरुबाट बनेको सरकारले निरन्तर रुपमा असंवैधानिक कार्य गरिरहेको उनको भनाइ छ । त्यस्तै ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको बताए । झलनाथ खनाल आफुसंग कुरा गर्न आएको भन्दै उनले पदमा कुरा नमिलेपछि माओवादीसंग मिल्न गएको बताए ।
५ बर्षको लभ पछि 'प्रेम विवाह', अहिले दाईजोमा ६० लाख नगदसहित सुन र जमिन माग्दै !
- २०८२ कार्तिक २१ बिहीबार
न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रेम विवाह गरेकी एक युवतिलाई ससुरा पक्षले दाईजोको लागि परेशान गरेपछि मुद्दा दायर भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नं. २ ब्रम्हपुरीमा एउटा प्रेम विवाहले
पूरा पढ्नुहोस्





