जनकपुरमा नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन निरन्तर
प्रदर्शनकारीहरुको उपस्थितिमा प्रजिअ लुइटेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसँग कुरा गरेपछि सचिवले बिहीबार निजी अस्पतालहरुको अनुगमन गर्ने उनले बताए । त्यसपछि आन्दोलनरत पक्षहरुसँग वार्ता प्रक्रिया अघि बढाउने प्रतिवद्धता आन्दोलनका अगुवा उदय साहले बताए ।

२०८२ कार्तिक २० बिहीबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निजी अस्पतालका स्वास्थ्यकर्मीहरु बिहिबार पाँचौ दिन पनि आन्दोलन जारी राख्ने भएको छ ।
विभिन्न माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरु बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रानलय र जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । उनीहरुले आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि ती आन्दोलनकारीहरुले बुधबार दिउँसो करीब दुई घण्टासम्म विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले आफ्नो अधिकार क्षेत्र बाहिरको कुरा रहेकाले सम्बन्धित निकायसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रदर्शनकारीहरुको उपस्थितिमा प्रजिअ लुइटेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसँग कुरा गरेपछि सचिवले बिहीबार निजी अस्पतालहरुको अनुगमन गर्ने उनले बताए । त्यसपछि आन्दोलनरत पक्षहरुसँग वार्ता प्रक्रिया अघि बढाउने प्रतिवद्धता आन्दोलनका अगुवा उदय साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…