न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा सरोज पजियारको नेतृत्वमा रहेका दर्जनौँ स्थानीय युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रम नेकपा (एमाले) क्षिरेश्वरनाथ नगर कमिटीले आयोजना गरेको थियो ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नगर अध्यक्ष अनिल चौधरीको अध्यक्षता रहेको थियो भने नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठ प्रमुख अतिथि रहेको सूचना दिइएको छ।
कार्यक्रममा विशिष्ट अतिथि रूपमा नेतृ जुली कुमारी महतो, केन्द्रीय सल्लाहकार संतोष यादव, क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, जिल्ला अध्यक्ष भोला यादवसहित स्थानीय नेताहरूको उपस्थितिको जानकारी गराइएको छ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि महासेठले नेपालको स्थायित्व, समृद्धि र राष्ट्रियताको पक्षमा एमालेले दृढतापूर्वक काम गरिरहेको उल्लेख गर्दै प्रवेश गर्ने युवाहरूलाई स्वागत गरे। उनले युवाहरूलाई समाज परिवर्तनका अग्रणी शक्ति भएको भन्दै स्थानीय विकास र सामाजिक एकतामा सक्रिय भूमिका खेल्न आग्रह गरे।
त्यसैगरी, नेतृ जुली कुमारी महतोले युवावर्गको सहभागिता बिना समाज रूपान्तरण सम्भव नहुने बताउँदै एमालेले युवालाई नेतृत्वमा ल्याउने नीतिलाई प्राथमिकता दिएको बताइन्।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुखदेव यादवले पार्टी प्रवेशलाई सकारात्मक कदमको रूपमा लिएर जनताको विश्वास जित्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरे। जिल्ला अध्यक्ष भोला यादवलगायत अन्य वक्ताहरूले पनि सरोज पजियारको नेतृत्वमा आएका युवाहरूलाई स्वागत गर्दै संगठनलाई अझ सशक्त बनाउन योगदान दिन आग्रह गरे।
पार्टी प्रवेशका क्रममा सरोज पजियारले नेकपा (एमाले) को विचार, नीति र नेतृत्वप्रति आस्था व्यक्त गर्दै स्थानीय तहमा संगठन सुदृढीकरण र विकास अभियानमा सक्रिय रहने प्रतिबद्धता जनाए।
कार्यक्रमको समापनमा नगर अध्यक्ष अनिल चौधरीले नवप्रवेशी सदस्यहरूलाई पार्टीको नीति–कार्यक्रमअनुसार जनसेवामा समर्पित रहन आग्रह गरेका थिए।
भोलीदेखि २५ गतेसम्म नेपाल भारत बोर्डर सील, आवागमन पूर्ण रुपमा बन्द रहने
- २०८२ कार्तिक २० बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । भोली शनिबारदेखि नेपाल भारत सीमा बन्द हुने भएको छ । छिमेकी मुलुक भारतको बिहार राज्यमा ११ नोभेम्बरदेखि हुन लागेको चुनावलाई मध्यनजर गरी कार्तिक २२ गते शनिबारदेखि
पूरा पढ्नुहोस्





