भयानक दुर्घटना

जनकपुरः बसले ठक्कर दिँदा एउटै परिवारको तीन जनासहित ४ जनाको मृत्यू, बच्चाहरु गम्भिर घाईते !

२०८२ कार्तिक १७ आइतबार
बिहान ०८:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । यात्रुवाहक बसले ठक्कर दिँदा धनुषामा एउटै परिवारको तीन जनासहित चार जनाको मृत्यू भएको छ । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यू भएको हो । शनिबार साँझ करिब ७ बजेको समयमा विराटनगरबाट ढल्केवरतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख २५८८ नम्बरको बसले प्रदेश ०२–०१–००१ घ १२२० नम्बरको अटोलाई ठक्कर दिएको थियो । 

ठक्कर दिएपछि अटोमा सवार धनुषा गणेशमानचारनाथ नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४० को रमेश मगर, उनकी श्रीमति बर्ष ३२ की निशा मगर, सोही ठाउँ बस्ने ठुला मगर र अटो चालक बर्ष ४० को डम्बर राइको मृत्यू भएको हो । 

ठक्करबाट गम्भिर घाईते भएका ठुला मगर र निशाको घटनास्थलमै मृत्यू भएको थियो भने अटो चालक र रमेशको उपचारको क्रममा जनकपुर न्यूरो हस्पिटलमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

सो दुर्घटनामा मृतक रमेश र निशाका दुई बच्चाहरु गम्भिर घाईते भएका छन् । अन्दाजी १४ बर्षिय शितल मगर र ९ बर्षिय रोशन मगर गम्भिर घाईते भई उनीहरुको उपचार जनकपुर न्यूरो हस्पिटलमा भईरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले जानकारी दिए । 

ठक्कर दिने बसका चालक लखिराम दनुवार थारुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । मृतकहरुको शव पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 95%
  • 4%

१० करोडको लगानीमा जनकपुर–ढल्केवर ६ लेन सडकमा तीनवटा आकाशे पुल बन्दै

  • २०८२ कार्तिक १७ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर–ढल्केवर ६ लेन सडकखण्डमा विभिन्न स्थानहरूमा तीनवटा आकाशे पुल निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। करिब साढे १० करोड रुपैयाँको लागतमा सडक डिभिजन कार्यालय मुजेलिया,

पूरा पढ्नुहोस्

Bureau Menus