बिपि राजमार्गको बर्दिवास काठमान्डौँ सडक पूर्ण रुपमा बन्द, सवारी साधनहरु जकथक
‘काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकिडाँडा, रोसी गाउँपालिका ७, रोसी ७ कै चारसयबेँसी, रोसी ११ को डालाबेँसी, रोसी ९ को बिरुवाडाँडा, कोक्सिकुना, नार्के लगायतका ठाउँमा अझै सडक पूर्णरुपमा अवरुद्ध छ,’ डीएसपी बिष्टले नेपालखबरसँग भने, ‘ती ठाउँमा हिजैदेखि पहिरो हटाउने र पहिरो फेरि खस्ने क्रम चलिरहेको छ।’

२०८२ कार्तिक १५ शनिबार, बिहान १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । बीपी राजमार्गमा आज पनि गाडी चलेका छैनन्। सडकमा लेदो थुप्रिँने र ढुंगा खस्ने क्रम नरोकिएकाले बीपी राजमार्ग आज पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले दिएको जानकारीअनुसार चौकीडाँडा, नार्के, चारसयबेँसी, डालाबेँसी लगायतका ठाउँमा अझै सडकको पहिरो र लेदो हटाउन सकिएको छैन।
लगातारको वर्षापछि पहिरो र लेदो सडकमा थुप्रिँदा गएको बिहीबार रातिदेखि नै बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो।
‘काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकिडाँडा, रोसी गाउँपालिका ७, रोसी ७ कै चारसयबेँसी, रोसी ११ को डालाबेँसी, रोसी ९ को बिरुवाडाँडा, कोक्सिकुना, नार्के लगायतका ठाउँमा अझै सडक पूर्णरुपमा अवरुद्ध छ,’ डीएसपी बिष्टले नेपालखबरसँग भने, ‘ती ठाउँमा हिजैदेखि पहिरो हटाउने र पहिरो फेरि खस्ने क्रम चलिरहेको छ।’
सडक धेरै ठाउँमा अवरुद्ध भएकाले मर्मतमा समय लाग्ने प्रहरीले जनाएको छ। बीपी राजमार्ग अवरुद्ध पूर्वी नेपाल आवतजावत गर्ने यात्रुले सास्ती पाएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…