धनुषाधाममा नगरस्तरीय क्रिकेट टुर्नामेन्ट सुरु, जित्नेलाई ४० हजारको पुरस्कार दिइने

२०८२ कार्तिक १० आइतबार
बेलुकी ७:१७ बजे
धमेन्द्र कु. साह

 न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्धारा नगरस्तरीय खुल्ला क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु भएको छ । 

धनुषाधाम नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा आजदेखि सुरु भएको क्रिकेट टुर्नामेन्टमा नगरबाट १६ वटा टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । 

आईतबार धनुषाधाम ६ हरिपुर युवा क्रिकेट टिमका सँयोजक धर्मनाथ महतोको अध्यक्षता तथा नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा फाइनल जित्ने टिमलाई रु. ४० हजार रुपैयाँको नगद पुरस्कारसहित मेडल र कप प्रदान गरिने जनाएको छ । 

कार्तिक १९ गतेसम्म सँचालन हुने सो क्रिकेट प्रतियोगितामा दोस्रो रनरअपलाई रु. २१ हजार रुपैयाँको नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । 
उदघाटनको क्रममा नगर प्रमुख बालेश्वर मण्डलले खेलकूदको माध्यमबाट नगरको विभिन्न वडाबाट खेलाडी सहभागी हुँदा आत्मीयता बढने बताए । उनले आपसी सदभाव कायम गर्न खेल पनि उत्तम माध्यम भएको जिकिर गरे । 

उदघाटनमा धनुषाधामस्थित राष्ट्रिय वाणिज्य बैँकका सँचालक तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिपिल ढुँगाना, आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केन्द्रीय महामन्त्री मनहरी श्रेष्ठ, राष्ट्रिय कृषि कम्पनी उद्योग मधेश प्रदे्शका प्रमुख रविन्द्र कुमार पौडेल लगायतको विशिष्ट आतिथ्यमा उदघाटन भएको हो । 

वडाध्यक्ष ऋषिकेश लामाको सक्रियतामा भएको उदघाटनमा वडासदस्यहरुसहित सोही गाउँका निजामति कर्मचारी एवम् कमला नगरपालिकाका लेखा अधिकृत संजीव कुमार महतोले कार्यक्रम सँचालन उदघोष गरेका थिए । 

कार्यक्रममा चन्द्रनारायण यादव, हरि नारायण महतो, रामचन्द्र सिँह, बिहारी महतो, उपेन्द्र दास, जोगिन्द्र दास लगायत वडासदस्य कैलाश महतो, गिरिजा देवी दास, राजेन्द्र महतो, बिना देवी सुडी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय धारापानीको सक्रिय सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०८२ कार्तिक १० आइतबार

Bureau Menus