नयाँ सरकारमा सिरहाका बब्लु गुप्तासहित यी चार जना मन्त्री फिक्स, आजै सपथ ग्रहणको तयारी
नयाँ मन्त्री बन्ने निश्चित भएकामध्ये डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपति लाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

२०८२ कार्तिक ९ आइतबार, बिहान ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले चार जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् । राष्ट्रपति कार्यालयमा आजै शपथ ग्रहण कार्यक्रमको तयारी भइरहेको स्रोतले जनाएको छ ।
नयाँ मन्त्री बन्ने निश्चित भएकामध्ये डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपति लाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार चारै मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको र शपथ ग्रहण आजै हुने तयारी भइरहेको छ ।
‘चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ, आजै शपथ ग्रहण कार्यक्रम हुने तयारी छ,’ स्रोतले न्यूजब्युरो नेपाललाई जानकारी दियो ।
राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमै सार्वजनिक गर्ने जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…