न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा नेपाली काँग्रेस र एमालेका नेता कार्यकर्ताबीच मुद्दा हालाहाल भएको छ ।
गत २०८१ चैत्त २५ गते बिहान क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरस्थित भएको दुईतर्फा झडपपछि दुवै पक्षको मुद्दा दर्ता गरिएको हो ।
चैत्तमा सडक निर्माण तथा सडक विस्तारको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो । महेन्द्रनगरको मिलनचोकदेखि सडकमा कालोपत्रे हुने विषयमा बुझ्न जाँदा विवाद भएको काँग्रेस पक्षले दायर गरेको जाहेरीमा उल्लेख छ । अनिल चौधरीसहित बाँकी जनाले घेरा हालेर घरेलु हातहतियारसहित कुटपिट गरेको आरोप जाहेरीमा उल्लेख छ ।
दुवै तर्फबाट आफ्नो पक्षलाई कुटपिट गरेको भन्दै राजनीतिज्ञहरुको पहुँचले मुद्दा दर्ता गरिएको आरोप छ । समान्य विवादलाई ठुलो बनाएर राजनीतिकरण गरिएको बताईएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति योगेन्द्र पँजीयारको पक्राउ पूर्जीपछि आईतबार दिनभरि समाजिक सँजाल तातियो । घटनाको बारेमा बुझ्दै जाँदा सडक स्तरोन्नतीको विषयमा झै झगडा हुँदा दुवै पक्षलाइर्ए चोटपटक लागेकोमा दुवै पक्षबाट मुद्दा दर्ता गरिएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको पत्रअनुसार नेपाली काँग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार लगायत ७ जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालत धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाको पत्र अनुसार क्षीरेश्वरनाथ नगरपालिकाका कार्यवाहाक नगर अध्यक्ष अनिल चौधरीसहित ५ जनालाई फरार सूचिमा राखिएको थियो । उनीहरु धरौटी बुझाएर जिल्ला अदालत धनुषाबाट रिहा भएको बताईएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी राजदेव चौधरीका छोरा सुशिल कुमार चौधरीको जाहेरीका आधारमा नेपाल सरकार वादी र उमेश यादवसहित सात जनाविरुद्ध मुद्दा दर्ता भई अदालतको आदेशअनुसार पक्राउ पुर्जी जारी गरिएको देखिएको छ । काँग्रेस पक्षलाई असोज ३१ गतेमा पक्राउ पूर्जी जारी गरिएको छ भने एमाले पक्षकालाई असोज ४ गतेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको पत्र अनुसार पाँचै जनालाई फरार सूचिमा राखिएको देखिन्छ । यद्यपी, एमाले पक्षका अनिल चौधरीसहित सुशिल चौधरी, राजदेव चौधरी, अनिल यादव र अनित यादव धरौटीमा रिहा भएको बताइएको छ ।
धनुषा जिल्ला अदालतबाट असोज ३१ मा जारी भएको पक्राउ पूर्जीमा क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैया गाउँका रामसागर यादवका छोरा ३८ वर्षीय उमेश यादव, क्षिरेश्वरनाथ–५ का रामटहल पंजियारका छोरा ६२ वर्षीय योगेन्द्र पंजियार, उनका छोरा ३५ वर्षीय अमर पंजियार, ठकाई मण्डलका छोरा ६० वर्षीय जिवछ मण्डल, उनका छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र जिवछका अर्का छोरा ३८ वर्षीय कमल मण्डल धानुकको नाम समावेश गरिएको छ ।

अदालतका अनुसार पक्राउ पुर्जीका अनुसूची नं. २२, २३ र २५ गरी जम्मा ६३ पृष्ठ रहेको छ । ती पुर्जी तामेल गरी तामेली प्रतिवेदन अदालतमा पेश गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
मुदा ज्यान मार्ने उद्योगसम्बन्धी भएको र प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको स्रोतले जनाएको छ ।
धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार
- २०८२ कार्तिक ३ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ
पूरा पढ्नुहोस्







