लोसपाका नेता जीतेन्द्र सोनल मधेशको मुख्यमन्त्री बन्ने सहमति, पाँच दलबीच रातारात सहमति 

२०८२ असोज २९ बुधबार
बिहान ०८:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ ।

सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमती गरेको छ । लोसपाको नेतृत्वमा सरकार बनाउनकालागि जनमतले पनि साथ दिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका महन्त ठाकुरको उपस्थितीमा हिजो राती गठबन्धनबीच सहमती भएको हो ।

नयाँ गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा माओबादी, नेकपा एस र जनमत पार्टी सहभागी रहेको जनाइएको छ । यो पाँच दलीय गठबन्धनमा ५६ जना सांसद रहेका छन् ।

उनीहरुले आजै सरकारको नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुख कार्यालयले आज ४ बजेसम्म दाबी पेस गर्नका लागि समय तोकेको छ ।

  • 50%
  • 17%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुर बोल्टसको कोचमा प्रसिद्ध क्रिकेटर शिवनारायण चन्द्रपाल नियुक्त 

  • २०८२ असोज २९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। चन्द्रपालको नियुक्तिले नेपाल क्रिकेट लिग (एनपीएपल) मा आफूले बनाएको लिगेसीलाई निरन्तरता दिने अपेक्षा

पूरा पढ्नुहोस्

Bureau Menus