चतुर्वेदी बने नेपाल प्रहरीका एआईजी, बढुवासँगै पदस्थापन
यसअघि मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजीको रुपमा रहेका उमा चतुर्वेदी प्रदेशको ८ जिल्लाको कार्य सम्पादन अब्बल बनाएका थिए । कपिलवस्तु गृह जिल्ला भएको चतुर्वेदीलाई विभिन्न माध्यमबाट बधाई उनका शुभचिन्तकहरुले दिएका छन् ।

२०८२ असोज २४ शुक्रबार, राति ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मन्त्रीपरिषद्को २३ असोजको निर्णय अनुसार यसअघि डिआईजी रहेका उमा प्रसाद चतुर्वेदी एआईजीमा बढुवा भएका छन् । चतुर्वेदीसँगै अन्य तीन अधिकृतको पदस्थापन भएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयमा बढुवा भएका चार एआईजीहरू सुशील सिंह राठौर, उमा चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर विकलाई दर्ज्यानी चिह्न प्रदान गर्दै पदस्थापन गरिएको छ ।
जसअनुसार राठौरलाई अपराध अनुसन्धान विभाग, चतुर्वेदीलाई कार्य विभाग, श्रेष्ठलाई प्रशासन विभाग र विकलाई प्रदेश समन्वय विभाग पठाइएको छ ।
बढुवा भएका एआईजीहरूलाई आईजीपी चन्द्रकुवेर खापुङले बधाई दिँदै संगठनको वृहत्तर हित र सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिए ।
यसअघि मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजीको रुपमा रहेका उमा चतुर्वेदी प्रदेशको ८ जिल्लाको कार्य सम्पादन अब्बल बनाएका थिए । कपिलवस्तु गृह जिल्ला भएको चतुर्वेदीलाई विभिन्न माध्यमबाट बधाई उनका शुभचिन्तकहरुले दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…