रुपैठा प्रकरणः धनुषाका एसपी रेग्मीविरुद्ध महिलाहरुको प्रदर्शन, पक्राउ परेकालाई रिहा गर्न माग 

२०८२ असोज २३ बिहीबार
बिहान ०९:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीका प्रमुख नरहरी रेग्मीविरुद्ध महिलाहरुले बुधबार प्रदर्शन गरेका छन् । 

जनकपुरधामस्थित जनकचोकमा प्रदर्शन गर्दै एसपी रेग्मीविरुद्ध प्रदर्शन गरेकी हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठास्थित दुई समुदायबीचको झडप तथा आगजनीको क्रममा केही व्यक्तिहरुलाई पक्राउ गरेको प्रहरीविरुद्ध धर्ना तथा प्रदर्शन गरिएको हो । 

दुर्गा पूजा विसर्जनको क्रममा दुई समुदायबीच भडप भएपछि झडप गराउन, उक्साउन तथा उच्छृँगल गतिविधि गरेको आरोपमा स्थानीय केही व्यक्तिहरुलाई धनुषा प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेपछि उनीहरु विरोध जनाएको हो । 

बुधबार दिउँसो जनकपुरको जनकचोकमा विभिन्न प्लेकार्ड, बोर्ड बोकेर महिलाहरु गाउँबाट आएर प्रदर्शन गरेको हो । उनीहरुका अनुसार, धनुषा प्रहरी प्रमुख एसपी रेग्मीले हिन्दु समुदायका व्यक्तिलाई मात्र पक्राउ गरिएको आरोप लगाए । उनीहरुले एक समुदायबाट रकम लिएर एक समुदायलाई मात्र पक्राउ गरी दुःख दिएको आरोप लगाइन् । 

रुपैठाको घटनामा अनुसन्धान गर्नको लागि केही व्यक्तिहरुलाई धनुषा प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%

मधेशका अडियल मुख्यमन्त्री सिँहः अझै दिएनन् राजिनामा, प्रदेशसभामा विश्वासको मत लिने 

  • २०८२ असोज २३ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले आज मधेश प्रदेश सभालाईलाई पत्र लेखेर यहि असोज २८ गत्ते विश्वासको मत लिने

पूरा पढ्नुहोस्

Bureau Menus