धनुषाको महिनाथपुर बोर्डरबाट सशस्त्र प्रहरीले समाते ४ लाख बढीको अवैद्य कपडा
विशेष सूचनाका आधारमा खटी गएको टोलीले महिनाथपुरबाट लुकाई छिपाई ल्याउँदै गरिएको टेम्पोमा ४ लाख ४४ हजार ६५ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी एसपी खड्काले बताए ।

२०८२ असोज २१ मंगलबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याइँदै गरिएका कपडा बरामद गरेको छ ।
महिनाथपुरस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरले सोमबार बिहान ४ बजे भारतबाट भन्सार छली गरेर महिनाथपुर हुँदै ल्याउँदै गरेको कपडा सहित इ अटो बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी निर्मल खड्काले जानकारी दिए ।
विशेष सूचनाका आधारमा खटी गएको टोलीले महिनाथपुरबाट लुकाई छिपाई ल्याउँदै गरिएको टेम्पोमा ४ लाख ४४ हजार ६५ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी एसपी खड्काले बताए ।
बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आवश्यक कारबाहीको लागि आजै जनकपुर भन्सार कार्यालय बुझाइएको जानकारी प्राप्त भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…