रुपैठामा घर जलाइएको छ, पक्राउ परेकाहरुलाई भेरिफिकेशनपछि रिहा गर्छौः धनुषा प्रहरी
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठास्थित मुस्लिम समुदायले हिन्दुहरुको तेलिया पोखरी अतिक्रमण गरी बनाएको टहरा दुर्गा मूर्ति विसर्जनको क्रममा झडप हुँदा जलाएपछि प्रहरीले सोही आरोपमा छानबिनको लागि यादवद्धयलाई पक्राउ गरेको हो ।

२०८२ असोज २० सोमबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परे्का हिन्दुवादी युवाहरुलाई भेरिफिकेशनपछि रिहा गर्ने जनाएको छ ।
आईतबार बेलुकी जनकपुरको भानुचोकबाट शान्तीपूर्ण आन्दोलन गरिरहेका हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादव र सोही संगठनसँग आवद्ध रमेश यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेपछि जनकपुरका हिन्दुवादी युवाहरुको समहू एक हुन थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई रिहा गर्ने भनेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठास्थित मुस्लिम समुदायले हिन्दुहरुको तेलिया पोखरी अतिक्रमण गरी बनाएको टहरा दुर्गा मूर्ति विसर्जनको क्रममा झडप हुँदा जलाएपछि प्रहरीले सोही आरोपमा छानबिनको लागि यादवद्धयलाई पक्राउ गरेको हो ।
मुस्लिम अतिक्रमण गरी बनाएको टहरा जलाउन राजेश यादव र रमेश यादवको संलग्नता हुन सक्ने आशंकमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाकाले जनाएको छ । उनीहरुलाई पक्राउ गरी भेरिफिकेशन भईरहेको छ । उनीहरुको संलग्नता नदेखिए रिहा गरिनेछ ।
धनुषा प्रहरीमाथि मुस्लिम पक्षबाट मोटो रकम लिएर धनुषाका एसपी नरहरी रेग्मीले हिन्दुमाथि दमन गरेको आरोप तथा टिकाटिप्पणी समाजिक सँजालमा गरिएको छ । मुस्लिम पक्षले समेत एसपी रेग्मीमाथि रकम लिएर मुस्लिममाथि दमन गरेको आरोप समाजिक सँजालहरुमा टिकाटिप्पणी मार्फत लगाएको देखिएको छ ।
यद्यपी, धनुषा प्रहरीले रुपैठामा शान्ती कामय गर्न र विवाद साम्य पार्नको लागि अतिवादीहरुलाई पहिचान गरी कारवाहीको दायरामा ल्याउने बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…