रुपैठामा घर जलाइएको छ, पक्राउ परेकाहरुलाई भेरिफिकेशनपछि रिहा गर्छौः धनुषा प्रहरी 

२०८२ असोज २० सोमबार
बिहान ०८:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परे्का हिन्दुवादी युवाहरुलाई भेरिफिकेशनपछि रिहा गर्ने जनाएको छ । 

आईतबार बेलुकी जनकपुरको भानुचोकबाट शान्तीपूर्ण आन्दोलन गरिरहेका हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादव र सोही संगठनसँग आवद्ध रमेश यादवलाई पक्राउ गरेको हो । 

पक्राउ परेपछि जनकपुरका हिन्दुवादी युवाहरुको समहू एक हुन थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई रिहा गर्ने भनेको हो । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठास्थित मुस्लिम समुदायले हिन्दुहरुको तेलिया पोखरी अतिक्रमण गरी बनाएको टहरा दुर्गा मूर्ति विसर्जनको क्रममा झडप हुँदा जलाएपछि प्रहरीले सोही आरोपमा छानबिनको लागि यादवद्धयलाई पक्राउ गरेको हो । 

मुस्लिम अतिक्रमण गरी बनाएको टहरा जलाउन राजेश यादव र रमेश यादवको संलग्नता हुन सक्ने आशंकमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाकाले जनाएको छ । उनीहरुलाई पक्राउ गरी भेरिफिकेशन भईरहेको छ । उनीहरुको संलग्नता नदेखिए रिहा गरिनेछ । 

धनुषा प्रहरीमाथि मुस्लिम पक्षबाट मोटो रकम लिएर धनुषाका एसपी नरहरी रेग्मीले हिन्दुमाथि दमन गरेको आरोप तथा टिकाटिप्पणी समाजिक सँजालमा गरिएको छ । मुस्लिम पक्षले समेत एसपी रेग्मीमाथि रकम लिएर मुस्लिममाथि दमन गरेको आरोप समाजिक सँजालहरुमा टिकाटिप्पणी मार्फत लगाएको देखिएको छ । 

यद्यपी, धनुषा प्रहरीले रुपैठामा शान्ती कामय गर्न र विवाद साम्य पार्नको लागि अतिवादीहरुलाई पहिचान गरी कारवाहीको दायरामा ल्याउने बताएको छ । 

  • 1%
  • 1%
  • 1%
  • 0%
  • 0%
  • 97%

आफ्नै धर्म–संस्कृति बचाउन असक्षम, असफल ‘हिन्दु सम्राट नेपाल’

  • २०८२ असोज २० सोमबार

जनकपुरधामलाई मिथिला–मधेशको धार्मिक राजधानी मानिन्छ । राम–सीताको विवाहस्थल, जानकी मन्दिर, १२ बर्से मेला, छठ, झिझिया, विद्यापति पर्व जस्ता परम्परागत सांस्कृतिक कार्यकम यहाँका पहिचान हुन् । यही पवित्र नगरीमा सहरकै आत्मा

पूरा पढ्नुहोस्

Bureau Menus