जनकपुर रुपैठाको चारैतर्फ निषेधाज्ञा !

२०८२ असोज १७ शुक्रबार
बेलुकी ७:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रशासनले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ । जनकपुरधाम २० रुपैठामा दुई समुदायबीच तनाव बढेपछि निषेधाज्ञा लगाएको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी शँकरहरी आचार्यले शुक्रबार रुपैठामा भएको हिन्दु र मुस्लिम समुदयबीचको झडपपछि निषेधाज्ञा जारी गरेको हो । 

आज साँझ ६ः३० बजेदेखि लागू हुने गरी प्रशासनले रुपैठाको चारैतर्फ क्षेत्रलाई समेटेर कुनै पनि सभा, जुलुस, नाराबाजी, बैठक, सामुहिक कार्यक्रम गर्न नपाउने आदेशमा भनिएको छ । 

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद भएपछि तनावग्रस्त बनेको हो । रुपैठाको पूर्व लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गँगुली पूलसम्म प्रदर्शन, भेला, नारा जुलुस गर्न नपाउने आदेश जारी गरेको हो । 

गत महिना मात्र गणेश पूजापछि मूर्ति विसर्जनमा त्यहाँमा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको थियो । पुनः दुर्गाको मूर्ति विसर्जनमा अवरोध भएपछि झडप भएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८२ असोज १७ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus