जनकपुरः दुर्गा मुर्ती विसर्जनमा छतबाट फाले सिसि, बोतल र पत्थर, आक्रोसित भीडले जलाए टहरा 

२०८२ असोज १७ शुक्रबार
बेलुकी ६:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपहानगरपालिका वडा नं. २० रुपैठास्थित दुर्गा मूर्ति विसर्जनको क्रममा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको छ । 

दुर्गा पूजा समापनपछि आज शुक्रबार मूर्ति विसर्जन गर्न जाँदै गर्दा दुई समुदायबीच झडप भएको हो । झडपको क्रममा एक टहरामा आगजनी समेत गरिएको छ । 

विगत केही बर्षदेखि रुपैठास्थित रहेको केही मुस्लिम समुदायले हिन्दु समुदायको चाडपर्वमा बलपूर्वक अवरोध उत्पन्न गर्ने गरेको आरोप छ । केही दिन अगाडी गणेश मूर्ति विसर्जनको क्रममा समेत मुस्लिम समुदायहरुले पत्थरवाजी गरेपछि झडप भएको थियो । 

आज दुर्गा मूर्ति विसर्जनको क्रममा मुस्लिम पक्षद्धारा छतबाट सिसि, बोतल र पत्थरबाजी गरेपछि दुई पक्षबीच झडप सुरु भएको थियो । झडप सुरु भए लगत्तै मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ । 

प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि केही राउण्ड आश्रुग्यास समेत प्रहार गरेको हो । त्यहाँ रहेको तेलिया पोखरीमा मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा झडप भएको थियो । सो पोखरीको डीलमा मुस्लिम समुदायले बलपूर्वक बनाएको टहरामा आगजनी समेत गरिएको हो । 

अहिले अवस्था तनावग्रस्त नै रहेको छ भने प्रहरी प्रशासनले शान्त पार्ने कार्य जारी राखेका छन् । जानकारी अनुसार, प्रहरीले हिन्दु समुदायलाई पक्राउ गरिरहेपनि पत्थरवाजी गर्ने मुस्लिम समुदायप्रति मौनता साधेको अराोप हिन्दु सम्राट नेपालले लगाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 1%
  • 96%

दुर्घटनामा परेकी सोनाबति सदालाई महेश यादवले मार्न लगाएका थिए जुक्ति, सुधार भएपछि रिपोर्टको बहाना

  • २०८२ असोज १७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा दुर्घटनामा परेर अस्पतालकै सैयामा रहेकी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ बस्ने ५२ बर्षिय सोनावति देवी सदालाई अस्पतालमै मार्नको लागि प्रपँच रहेको खुलासा भएको छ ।  दुर्घटनामा परी

पूरा पढ्नुहोस्

Bureau Menus