सिरहामा न्यूज ब्यूरोको अपरेशनः लुकाएर राखिएको ४० बोरा मल बरामद

२०८२ असोज १३ सोमबार
रति ९:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा न्यूज ब्यूराको स्टीँग अपरेशनपछि ४० बोरा अवैद्य मल बरामद भएको छ । सिरहाको गोलबजारमा अवैध अनुदानित मल बरामद भएको छ। 

जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार गोलबजार नगरपालिका वडा नं. ६ ढोहटिया स्थित जितन सहनीको घरमा छापा मार्दा ४० बोरा अनुदानित युरिया र डिएपी मल बरामद गरेको हो।

न्यूजब्यूरोलाई खवर आएपछि बिहानैदेखि स्टीँग अपरेशनमा खटेका सिरहाका पत्रकार सबिन यादवले सबै प्रमाण सबुत जम्मा गरेर प्रमुख जिल्ला अधिकारीलाई पठाएका थिए । लगत्तै एक्सनमा आएका सिरहा प्रशासनले सो मल बरामद गरेको हो । सिडिओ नेतृत्वको अनुमगन टोलीले मल बरामद गरेको हो । 

अनुगमन टोलीका अनुसार सहनीको घरमा सरकारी अनुदानमा वितरण हुने मल लुकाइराखिएको अवस्थामा भेटिएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको आदेशमा खटिएको टोलीका सदस्य इलाका प्रशासन कार्यालय लहानका प्रशासन अधिकृत सन्तोष रायले मल बरामद गरिएको जानकारी दिएका छन्।

यसअघि असोज ८ गते मात्रै प्रशासनले गोलबजारकै न्यु कुशवाहा बिज भण्डारबाट १५४ बोरा अनुदानित मल बरामद गरेको थियो।

कृषि सामग्री कम्पनी लिमिटेडमार्फत सहकारी संस्थाबाट किसानलाई वितरण हुने मल व्यापारीहरूले कालोबजारीमार्फत खरिद गरी दोब्बर मूल्यमा बेच्दै आएको किसानहरूको गुनासोका आधारमा छापा मारिएको टोलीले जनाएको छ।

बरामद गरिएको करिब ३० बोरा डिएपी र १० बोरा युरिया मल तत्काल नियन्त्रणमा लिइएको छ। सहनीको घरमा मल भेटिए पनि त्यसको स्वामित्व कसको भन्ने स्पष्ट हुन बाँकी रहेको प्रशासनले जनाएको छ।

छापामारीको क्रममा घरमा कोही नभएकाले प्रशासनले घरमा ताल्चा लगाएर सात दिनभित्र सम्पर्कमा आउन घरधनीलाई आग्रह गरेको छ।प्रत्यक बोरामा रातो मार्करले जिल्ला प्रशासन कार्यालय सिरहा लेखेर कर्मचारीहरु कार्यालय फर्केका हुन ।

अनुगमन टोलिमा नेपाल प्रहरी,सशस्त्र प्रहरि र गोलबजार नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष संजित लामाको सहभागिता रहेको थियो । स्थानियका अनुसार मल मुकेश बिज भणडारले राखिएको बुझिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका कुनै पनि शिक्षक/शिक्षिकालाई सरुवा गरिएको छैनः मेयर यादव 

  • २०८२ असोज १३ सोमबार

न्यूज ब्यूरो, ३० साउन । धनुषा शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले नगरभित्रका कुनै पनि शिक्षकलाई सरुवा नगरिएको बताएका छन् । समाजिक सँजालमा शहिदनगर नगर प्रमुख यादव र अधिकृत उमेश महतोले

पूरा पढ्नुहोस्

Bureau Menus