मधेश प्रदेश खेलकुद परिषद्को प्रशिक्षण विभाग प्रमुखमा यादव चुनिए 

२०८२ असोज १३ सोमबार
रति ८:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशको खेलकुद परिषद् प्रशिक्षण विभागको प्रमुखमा भरत यादवलाई जिम्मेवारी दिइएको छ । 

मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालय मातहतको मधेश खेलकुद परिषद्ले यादवलाई परिषद्को तेस्रो तह (अधिकृत) मा प्रमुखको जिम्मेवारी प्रदान गरेको छ।

गत ९ गते असोजमा सम्पन्न परिषद्को बोर्ड बैठकको निर्णय अनुसार यादवलाई मधेश खेलकुद परिषद्, जनकपुरधामको कामकाजको प्रमुखको जिम्मेवारी तोकिएको परिषद्को पत्रमा उल्लेख गरिएको छ।

परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले हस्ताक्षर गरी जारी गरेको पत्रमा, परिषद्को सिँढीमा रहेका अन्य कर्मचारीहरूसँग सहकार्य गर्दै काम गर्ने अपेक्षा समेत गरिएको छ।

यस निर्णयको प्रतिलिपि खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेश जनकपुरधाम र राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर काठमाडौंमा पठाइएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अभिभावक गुमाएका सुकुम्बासी परिवारलाई समाजिक अभियन्ता यादवको साहारा

  • २०८२ असोज १३ सोमबार

न्यूज ब्यूरो, रौतहट ।  रौतहट जिल्लाको गरुडा नगरपालिका–५ स्थित महम्मदपुर गाउँमा बसोबास गर्दै आएको एक सुकुम्बासी परिवारको पीडामा अभियन्ता शैलैन्द्र यादव साहारा बनेका छन् ।  स्थानीय हरेसी मण्डलको असमायिक निधनपछि उनको

पूरा पढ्नुहोस्

Bureau Menus